close

वाई-फाईबाट चल्ने एलजीको एसी नेपाली बजारमा

टेकपाना टेकपाना

जेठ २३, २०७९ १८:४७

वाई-फाईबाट चल्ने एलजीको एसी नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा एलजी ब्राण्डको नयाँ एयर कन्डिस्नर (एसी) भित्रिएको छ । कम्पनीले ‘एलजी थिनक्यू’ एपबाट चलाउन मिल्ने एसी नेपाली बजारमा ल्याएको हो ।

‘यो एसी वाई-फाईमार्फत जुनसुकै ठाउँबाट आफ्नो मोबाइबाट चलाउन सकिन्छ । साथै आफ्नो आवाजले पनि वाई-फाईबाटै नियन्त्रण गर्न सकिन्छ,’ सिजी इलेक्ट्रोनिक्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डुअल इन्भटर्र कम्प्रेसर प्रविधि भएको एसी सबै मौसमका लागि उपयोगी हुने जनाइएको छ ।

कम्पनीका अनुसार एन्टीभाइरस फिल्टर सुविधासहितको एसीले अनावश्यक प्रदूषण, किटाणुहरु ९९.९ प्रतिशतसम्म नष्ट गरी वातावरणलाई स्वस्थ राख्छ ।

साथै एसीले ७० प्रतिशत बिजुली बचत गर्नुका साथै छिटो तातो र मौसस अनुसार छिटो चिसो पार्ने क्षमता राख्ने कम्पनीको दाबी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३