close

ठूलो आकारको मेमोरिकार्डमा हुने सानो बटनको काम के होला ?

टेकपाना टेकपाना

जेठ २४, २०७९ ११:३६

ठूलो आकारको मेमोरिकार्डमा हुने सानो बटनको काम के होला ?

बजारमा दुई प्रकारका मेमोरी कार्ड पाइन्छन्, एउटा हुन्छ स्मार्टफोनमा लाग्ने सानो मेमोरी कार्ड र अर्को मेमोरी कार्ड डीएसएलआरमा लाग्ने ठूलो मेमोरी कार्ड । यी दुई मेमोरी कार्डमा निकै फरक छ ।

डीएसएलआर क्यामेरामा लाग्ने यस्तो मेमोरी कार्डमा एउटा फरक हुन्छ, जसले यसलाई स्मार्टफोनमा लाग्ने मेमोरी कार्डभन्दा अलग बनाउँछ । त्यसो त दुवै मेमोरी कार्ड खास डिजाइनमा बनाइएका हुन्छन् ।

तर ठूलो आकारको मेमोरी कार्डको प्रयोग क्यामेरामा हुने गर्दछ । जसको स्वरुप नै फरक किसिमको हुन्छ र आकारमा समेत यो स्मार्टफोनमा लाग्ने मेमोरी कार्डभन्दा करिब तीन गुणा ठूलो हुन्छ ।

जुन चिजले यो मेमोरी कार्डलाई सानो मेमोरी कार्डभन्दा अलग बनाउँछ, त्यो हो यसको बायाँतर्फ हुने एउटा सानो बटन । यो बटन तलमाथि गर्न सकिन्छ र यो बटन अन अफ गर्नुको पनि विशेष कारण छ ।

धेरैलाई यसको उपयोगिताको बारेमा थाहा हुँदैन । तर डीएसएलआर क्यामेरा प्रयोग गर्नेहरूलाई भने यसको बारेमा जानकारी हुने गर्दछ । यो बटन विशेष प्रकारले डिजाइन गरिएको हुन्छ ।

जसलाई मेमोरी कार्ड लक गर्ने कार्यमा प्रयोग गरिन्छ । यदि मेमोरी कार्डलाई बटनमार्फत लक गरेर क्यामेरामा राख्ने हो भने त्यसमा फोटो खिच्न सकिँदैन ।

साथै यदि यसमा पहिले देखि नै कुनै फोटो वा भिडिओ सामग्री छन् भने पनि तिनलाई क्यामेरामा हेर्न सकिँदैन । त्यसैले फोटो अथवा भिडिओ खिच्नु छ भने तपाईँले मेमोरी कार्डलाई अनलक मोडमा राख्नुपर्ने हुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३