काठमाडौं । डीटीएच सेवा प्रदायक डिशहोमले सञ्चालनमा ल्याएको ‘१ वर्षमा २४ महिना योजना’ अन्तर्गत भाग्यशाली विजेताले एक लाख नगद जितेका छन् ।
यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएच सेवा उपभोग गर्न पाउनेछन् । साथै हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले एक लाख नगद जित्ने अवसर पनि प्राप्त गर्नेछन् ।
यसै योजना अन्तर्गत गरिएको लक्की ड्रमा CAS ID 02564153725 भएका ग्राहक मदन विक्रम थापाले एक लाख जितेका हुन् ।
डिशहोमका ग्राहकले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाइकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफूले प्रयोग गरेको प्याकेजको एक वर्षको रिचार्ज गर्नुपर्नेछ ।
यस लक्की ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाइलो एचडी, सरोकार टिभी, नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्छ ।