close

पोखरा यातायात कार्यालयले भन्यो- एक दिनमा बढीमा ५० जनालाई मात्र इम्बोस्ड नम्बर प्लेट दिन सक्छौं

टेकपाना टेकपाना

जेठ २४, २०७९ १६:१६

पोखरा यातायात कार्यालयले भन्यो- एक दिनमा बढीमा ५० जनालाई मात्र इम्बोस्ड नम्बर प्लेट दिन सक्छौं

पाेखरा । यातायात व्यवस्था कार्यालय सवारी, कास्कीले नयाँ दर्ता भएको तथा नामसारी भई आएको सवारीलाई मात्र इम्बोस्ड नम्बर प्लेट उपलब्ध गराउने भएको छ ।

इम्बोस्ड नम्बर प्लेट दर्ताको काम सुस्त भएको भन्दै असार मसान्तसम्म अनिवार्य रुपमा सबै सवारीले प्लेट लिनुपर्ने भनेर यातायात व्यवस्था विभागले जारी गरेको सूचनालाई कास्की कार्यालयले संशाेधन गरेको हो ।

कार्यालयको क्षमता सीमित भएको भन्दै ४० देखि ५० जनाभन्दा बढीको बायोमेट्रिक र डकुमेन्ट स्क्यान गर्न नसकिने जनाएको छ । साथै कार्यालय परिसरमा पार्किङको पनि समस्या भएका कारण सेवालाई सीमित गर्न लागिएको कार्यालयकाे भनाइ छ ।

एक विज्ञप्ति जारी गर्दै कार्यालयले सेवाग्राहीको चाप बढेको कारण हाल नयाँ दर्ता हुने र नामसारी भई आउने सवारीलाई मात्र इम्बोस्ड नम्बर प्लेट उपलब्ध गराउने जनाएको छ ।

‘सेवाग्राहीलाई सेवा दिनसक्ने गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापन थप नभएसम्मका लागि हाल यस कार्यालयमा नयाँ तथा सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्य सूचारु रहनेछ,’ विज्ञप्तिमा भनिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३