चौतर्फी विरोधपछि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो सरकार
जेठ २४, २०७९ १६:३९
काठमाडौं । यातायात व्यवस्था विभागले साउन १ गतेबाट बागमती र गण्डकी प्रदेशका सबै सवारीमा साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हटेको छ ।
विभागले सबै यातायातमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको कुरा स्पष्ट पार्दै मंगलबार विज्ञप्ति जारी गरेको हो ।
‘साउन १ गते बिहानबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान हुनुपर्छ भन्ने आशय विभागको होइन,’ विभागले जारी गरेकाे प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यो २०७८ कात्तिक २२ गतेको राजपत्रमा प्रकाशित सूचनाको निरन्तरतामात्र हो ।’
उक्त सूचना अनुसार ज–जसले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने थियो, उनीहरूको सवारीमा यस्ता प्लेट जडान भएका छन् वा छैनन् भन्ने कुरामा अनुगमन गर्नुपर्ने भएकाले उनीहरूको हकमा साउन १ गतेबाट अनिवार्य गरिएको हो ।
विभागले इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय नभएको पनि स्पष्ट पारेकाे छ ।
press2022-06-07_02-56-47-402पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
