close

फिशिङ आक्रमणबाट १० लाख फेसबुक प्रयोगकर्ताको डेटा चोरी

टेकपाना टेकपाना

जेठ २९, २०७९ १३:५५

फिशिङ आक्रमणबाट १० लाख फेसबुक प्रयोगकर्ताको डेटा चोरी

काठमाडौं । केही समयअघि नेपालमा ‘तिमी😅जस्तो देखिन्छ’ भन्ने मेसेज धेरैको फेसबुक मेसेन्जरमा फर्वाड भएको थियो । यसरी आएको लिंक केहीले क्लिक गरे भने केहीले क्लिक नगरी छोडे ।

यस्तो मेसेजलाई फिशिङ मेसेज भनिन्छ, जुन वास्तविक प्रयोगकर्ताभन्दा पनि सो प्रयोगकर्ताको अकाउन्टमा अनधिकृत पहुँच पुर्‍याइरहेका ह्याकरले पठाउने गर्छन् ।

यसरी आएको लिंकमा क्लिक गर्ने प्रयोगकर्ताको विवरण चोरी हुनेगर्छ र यस्तै अन्य विभिन्न कामका लागि ती डेटा प्रयोग हुनेगर्छ ।

एक अनुसन्धान कम्पनीले गएको चार महिनामा मात्र विभिन्न फिशिङ स्क्याममार्फत १० लाख फेसबुक अनकाउन्टका विवरण चोरी भएको पत्ता लगाएको छ ।

पीआईएक्सएम (pixm) नामक एन्टी-फिशिङ कम्पनीले याे तथ्य बाहिर ल्याएकाे हाे । फिशिङ स्क्याममार्फत फेसबुक अकाउन्टबाट सम्बन्धित व्यक्तिहरूको विवरण चोरी भएको साे कम्पनीले बताएको छ ।

प्रयोगकर्ताले फिशिङ स्क्याममार्फत आएको लिंकमा क्लिक गर्दा फेसबुक ल्यान्डिङ पेज (कुनै विज्ञापनमा क्लिक गरेपछि खुलिने अर्को पेज अथवा साइट) को साटो ह्याकरको लगईन गेटवेमा पुग्ने गर्छन् ।

यसरी ह्याकरले पठाएका लिंकमा क्लिक गर्ने प्रयोगकर्ताको डेटा चोरी भएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार यस्तोमा ह्याकरले प्रयोगकर्तालाई लिंकमा क्लिक गर्दा अन्य विभिन्न साइटमा रिडाइरेक्ट गरी प्रयोगकर्ताको डेटा चोरी गर्ने गर्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६