close

किन चलाउने .edu.np मेल ?

टेकपाना टेकपाना

जेठ २९, २०७९ १३:२८

किन चलाउने .edu.np मेल ?

काठमाडाैं । कलेज/विश्वविद्यालयको विद्यार्थी, शिक्षक वा कर्मचारी हुनुहुन्छ भने पक्कै पनि तपाईंलाई edu.np ईमेलबारे थाहा हुनुपर्छ । तपाईंकाे कलेज, विश्वविद्यालयले उपलब्ध गराउने यो ईमेल तपाईंले सोचेभन्दा धेरै उपयोगी हुन्छ ।

यदि तपाईंसँग यो मेल छ भने यसलाई कसरी प्रयोग गरिरहनुभएको छ ? कलेज प्रशासनले मेल उपलब्ध गराएपनि तपाईंले गृहकार्य पाउन र बुझाउनका लागि मात्र प्रयोग गर्नुभएको हुनसक्छ । यसको प्रयोग धेरै छ ।

कलेज मेल असाइनमेन्ट सबमिसनका लागि मात्र होइन । यसबाट धेरै उपयोगी कामहरु गर्नसक्छ । यस लेखमा तपाईंको कलेज मेललाई कसरी उपयोगी ढंगले प्रयोग गर्न सकिन्छ भन्नेबारे चर्चा गर्छौं ।  

निःशुल्क अनलाइन कोर्ष

तपाईंले नि:शुल्क धेरै कोर्षहरु सिक्न सक्नुहुन्छ । कोर्सेरा (Coursera) को  स्टुडेण्ट बेसिक प्लान (Student Basic Plan) मार्फत उत्कृष्ट शिक्षकहरुबाट सिक्न सक्नुहुन्छ । कतिपयले प्रमाणपत्रहरू पनि प्रदान गर्छन्, जसलाई तपाइले आफ्नो रेजुमीमा राख्न सक्नुहुन्छ ।  

रोबोफर्म पासवर्ड म्यानेजर

पासवर्ड बिर्सने समस्या सबैको हुन्छ । सामाजिक सञ्जाल मात्र नभई प्रायः सबैजसो साइटमा अकाउन्ट बनाउनुपर्ने हुन्छ । ती सबै साइट हरुको पासवर्ड सम्झिन गाह्रो हुन्छ ।

यसका लागि निःशुल्क पासवर्ड म्यानेज गरिदिने रोबोफर्म पासवर्ड म्यानेजर छ ।  कलेज मेलमार्फत एक वर्षका लागि तपाईले निःशुल्क रोबोफर्म पासवर्ड म्यानेजर प्रयोग गर्न सक्नुहुन्छ ।

कलेज मेलमार्फत साइन इन गरेर रोबोफर्म एक्स्टेन्सन डाउनलोड गरी सजिलै चलाउन सक्नुहुन्छ ।  

माइक्रोसफ्ट अफिस ३६५ 

यदि तपाईंको विश्वविद्यालय माइक्रोसफ्टको अफिस प्रोग्राममा enrolled भएको छ भने तपाईंले आफ्नो कलेजको मेलमार्फत अफिस ३६५ को एक्सेल, नोट लगायत अन्य क्लास रुम टुल प्रयोग गर्न पाउनुहुन्छ ।     

लुसिडएपपोर्टफोलियो बक्स 

लोकप्रिय फ्लोचार्ट सफ्टवेयर लुसिडचार्ट विद्यार्थीका लागि निःशुल्क छ । आफ्नो कलेज/ विश्वविद्यालय मेलमार्फत साइन अप गरेर फ्लोचार्ट डिजाइन सुरु गर्न सक्नुहुन्छ ।

पोर्टफोलियोबक्स प्रो पनि विद्यार्थीका लागि नि:शुल्क छ, जसको माध्यमबाट तपाईंले केही मिनेटमै आफ्नो पोर्टफोलियो सिर्जना गर्न सक्नुहुन्छ। 

अटोक्याड 

तपाईंको विद्यार्थी मेलको असाइनमेन्ट सबमिशन भन्दा धेरै उपयोगी छ । तपाईंले नि:शुल्क अटोक्याड र माया सफ्टवेयर प्रयोग गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो कलेज मेलबाट साइन अप गरेपछि थप प्रक्रियाका लागि ईमेल पठाइने छ श।  

गुगल ड्राइभ स्टोरेज

तपाईंको .edu.np मेलले तपाईलाई १ टीबीभन्दा बढी स्टोरेज उपलब्ध गराउनेछ । यसका साथ, तपाईंले अरु गुगल ड्राइभ स्टोरेज खरिद गर्नु पर्दैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६