काठमाडौं । ईकमर्स प्लेटफर्म ग्यापु मार्केटप्लेसबाट अब इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकका विभिन्न प्याकेज खरिद गर्न सकिने भएको छ ।
ग्यापुले आफ्ना ग्राहकलाई वेबसाइट वा एपबाट सजिलै वर्ल्डलिङ्ककाे इन्टरनेट प्याकेज लिन सकिने बनाएको हो ।
ग्यापु मार्केटप्लेस प्रडक्टका लागि मात्र नभई सर्भिसका लागि पनि प्लेटफर्म हो भन्ने सूचना प्रयोगकर्तामा जाओस् भनेर उक्त सेवा सुरु गरिएको ग्यापुले जनाएको छ ।
ग्यापुमा शपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइटमार्फत अर्डर गर्न सकिन्छ ।
ग्यापुमा विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ ।