close

ह्युन्डाइले सुरु गर्‍यो ड्राइभर बिनाको राइड शेयरिङ सेवा

टेकपाना टेकपाना

जेठ २९, २०७९ १६:८

ह्युन्डाइले सुरु गर्‍यो ड्राइभर बिनाको राइड शेयरिङ सेवा

काठमाडौं । गत वर्ष ह्युन्डाईले आफ्नो स्वचालित विद्युतीय कार आईओनिक ५ सार्वजनिक गरेको थियो । यही स्वचालित विद्युतीय कार अब दक्षिण कोरियाको सिओलमा राइड शेयरिङ सेवाका लागि प्रयोग हुनेछ ।

कम्पनीले स्वचालित विद्युतीय कारको राइड शेयरिङ सेवा गत बिहीबारबाट नै सुरु गरिसकेको छ । उक्त सहरका मेयर तथा अन्य अधिकारीहरूले स्वचालित विद्युतीय गाडीमा सवार भएर याे सेवाको सुरुवात गरेका थिए ।

चार जनाको सिट क्षमता भएको यो रोबोराइड स्वचालित भएपनि यात्रुको सुरक्षालाई मध्यनजर गर्दै एकजना ड्राइभर भने सवारीमा उपस्थित हुने जनाइएको छ ।

जबकि अमेरिकामा भने ड्राइभर बिनाको स्वचालित राइड शेयरिङ नै प्रचलनमा आइसकेको छ, जहाँ यात्रुबाहेक अरु कोही हुँदैन ।

यात्रुले आईएम (i.M) नामक एपमार्फत यो सेवा लिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६