close

टिकटकका ५ रोचक तथ्य

टेकपाना टेकपाना

जेठ ३०, २०७९ १५:१७

टिकटकका ५ रोचक तथ्य

काठमाडौं । छोटा-भिडिओ शेयर गर्न मिल्ने प्लेटफर्मका रूपमा परिचित टिकटक अहिले विभिन्न फिचरले गर्दा धेरैको रोजाइमा परेको छ । ओर्बेलोका अनुसार टिकटक सार्वजनिक भएको छोटो समयमा सबैभन्दा धेरै डाउनलोड हुने एप हो ।

आज हामी यही परिचित एप टिकटकबारे केही रोचक जानकारी दिँदै छौं । टिकटक आईओएस र एन्ड्रोइड एप हो, जुन छोटा भिडिओ बनाउन र शेयर गर्न प्रयोग गर्ने गरिन्छ । साथै याे एपमा लाइभ बस्न मिल्ने सुविधा छ भने अरू फिचर पनि थपिने क्रममा छन् ।

टिकटक सबैभन्दा पहिले चीनका लागि सन् २०१६ मा ‘Douyin’ नामबाट सार्वजनिक भएको थियो । त्यसको एक वर्षपछि अर्थात् २०१७ मा बाइटडान्सले चीन बाहिरका बजारका लागि टिकटक सार्वजनिक गर्‍यो ।

टिकटककाे चिनियाँ र विश्व संस्करण दुवैले एउटै सफ्टवेयर प्रयोग गर्छन् । तर, चिनियाँ सेन्सरशिप नीति पालना गर्न यी एपले छुट्टाछुट्टै नेटवर्क कायम राख्छन् ।

टिकटक हाल विश्वका प्रायः देशमा एप स्टोर र प्ले स्टोरमा उपलब्ध छ । तपाईंंलाईंं म्युजिकल्ली पनि टिकटकजस्तै थियो, पछि हरायो भन्ने लाग्ला ।

सन् २०१७ मा टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले म्युजिकल्ली खरिद गरेको थियो । पछि टिकटकमा मर्ज भएपछि त्यसले म्युजिकल्लीका प्रयोगकर्तामाझ राम्रो प्रभाव बनायो ।

टिकटक सुरूवातको मुख्य उद्देश्य भनेको मानिसहरूले जीवनका विशेष पलहरू शेयर गर्न, ज्ञानज्ञुन तथा रचनात्मक कुरा शेयर गर्न सहज होस् भन्ने थियाे ।

टिकटकका माध्यमबाट जोकोही पनि आफूले जानेका कुराबारे कन्टेन्ट बनाएर कन्टेन्ट क्रियटर बन्न सक्छन् । अहिले टिकटकको यही विचार अन्य सामाजिक सञ्जालजस्तै फेसबुक, इन्स्टाग्राम, युट्युबले आत्मसात् गरेर आफ्नो प्लेटफर्ममा लागू गरेका छन् ।

टिकटकमा सोही एप प्रयोग गरी मानिस सहजै आकर्षक भिडिओ बनाउनसक्छन् । त्यसैले पनि मानिसको आकर्षण टिकटकमा बढी छ ।

टिकटकका कति प्रयोगकर्ता छन् ?

सन् २०१६ मा सुरु भएको टिकटकले पाँच वर्षको अवधि पार गर्दा लोभलाग्दो ख्याति आर्जन गरेको छ ।

सेन्सर टावरका अनुसार टिकटक २०२२ को पहिलो त्रैमासिकमा एप स्टोर र प्ले स्टोरमा ३.५ अर्ब पटक डाउनलोड भइसकेको छ ।

टिकटकका अनुसार याे प्लेटफर्ममा सक्रिय मासिक प्रयोगकर्ता एक अर्ब बढी छन् । फेब्रुअरी २०१९ मा अर्ब क्लबमा प्रवेश गरेको टिकटक छोटो समयमा नै सर्वाधिक डाउनलोड हुने एप बनेकाे छ ।

एप्पल स्टोरमा सर्वाधिक डाउनलोड हुने एप

सकारात्मक रूपले होस् वा नकारात्मक रूपले, टिकटक सधैं चर्चामा छ । सेन्सेर टावरअनुसार २०२२ को पहिलो त्रैमासिकमा एप स्टोरमा टिकटक सात करोड पटक डाउनलोड भएको छ ।

यसअन्तर्गत सबैभन्दा बढी आईफोन र केही आईप्याडमा डाउनलोड भएका छन् । यससँगै टिकटक एप स्टोरमा सर्वाधिक डाउनलोड हुने एप बनेकाे छ ।

प्ले स्टोरमा टिकटकको डाउनलोड

प्ले स्टोरमा सर्वाधिक डाउनलोड हुने एपमध्ये तेस्रोमा पर्ने टिकटक २.८ अर्ब पटक डाउनलोड भएको छ ।

प्लेस्टोरमा सर्वाधिक डाउनलोड हुने एप फेसबुक हो । दोस्रोमा मेटाको अर्को एप इन्स्टाग्राम छ ।

प्रयोगकर्ताले टिकटकमा कति समय बिताउँछन् ?

औषतमा प्रति प्रयोगकर्ताले टिकटकमा ५२ मिनेट बिताउने गर्छन् ।

१० जना प्रयोगकर्तामध्ये ९ जनाले दिनमा दुई पटक टिकटक प्रयोग गर्छन्

टिकटकमा ९० प्रतिशत सक्रिय प्रयोगकर्ता दैनिक एक पटक टिकटक प्रयोग गर्ने गर्छन् । ओर्बेलोको अध्ययन अनुसार सक्रिय प्रयोगकर्तामध्ये ६८ प्रतिशत अरूको भिडिओ हेर्छन् भने ५५ प्रतिशतले आफ्ना भिडिओ अपलोड गर्ने गर्छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६