close

पाँच मिनेटमा ५० प्रतिशत ब्याट्री चार्ज हुने रियलमी स्मार्टफोन नेपाली बजार आउँदै

टेकपाना टेकपाना

जेठ ३०, २०७९ १९:८

पाँच मिनेटमा ५० प्रतिशत ब्याट्री चार्ज हुने रियलमी स्मार्टफोन नेपाली बजार आउँदै

काठमाडौं । रियलमीले आउँदो शुक्रबार नेपाली बजारमा दुई नयाँ स्मार्टफोन माेडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले पाँच मिनेटमा ५० प्रतिशत ब्याट्री चार्ज हुने स्मार्टफोन ‘रियलमी जीटी नियो थ्री’ का साथै प्रिमियम फ्ल्यागशिप ‘रियलमी जीटी टु प्रो’ नेपालमा सार्वजनिक गर्न लागेकाे हाे ।

जीटी नियो थ्रीमा १५० वाट अल्ट्रा डार्ट चार्जिङ सिस्टम उपलब्ध गराइएको छ । त्यो हिसाबले कम्पनीले यो स्मार्टफोनलाई सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोनकाे नाम दिएकाे छ । फोनमा मिडियाटेक डाइमेन्सिटी ८१०० प्रासेसर छ ।

१२० हर्ज रिफ्रेस रेटका साथ ६.७ ईन्च फुल एचडी एमलोड डिस्प्ले रहेको फोनमा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज क्षमता छ । ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेकाे फोनमा ८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स र पछाडि २ मेगापिक्सेलकाे म्याक्रो सेन्सर छ ।

सेल्फी पारखीका १६ मेगापिक्सेलको क्यामेरा दिइएकाे छ । त्यस्तै रियलमी जीटी २ प्रोमा १५० डिग्री अल्ट्रावाइड क्यामेरा रहेको छ । फोनमा  स्न्यापड्रागन एट जेन वान प्रोसेसर रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६