काठमाडौं । कनेक्ट आईपीएसले बैंक वित्तीय संस्थाका ग्राहकलाई लक्षित गर्दै ‘इलेक्ट्रिफाइङ अफर’ ल्याएको छ ।
असार महिनाभर सञ्चालन हुने यो अफरअन्तर्गत प्रयोगकर्ताले कनेक्ट आईपीएसमा अनलाइन रजिष्टर गरी, आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बर तथा ईमेल भेरिफाई गराउँदा सोही मोबाइल नम्बरमा रु. ५० को रिचार्ज पाउन सक्नेछन् ।
त्यसैगरी अफरको अन्त्यमा इलेक्ट्रिक स्कुटर जित्ने एक भाग्यशाली विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने कम्पनीले जनाएकाे छ ।
बैंकका ग्राहकले कनेक्ट आईपीएसको वेबसाइट वा मोबाइल एपमार्फत रजिष्टर गर्न सक्दछन् । यो अफर कनेक्ट आईपीएसमा नयाँ रजिष्ट्रेसन गर्ने बैंक/वित्तीय संस्थाका ग्राहकका लागि मात्र लागू हुने जनाइएकाे छ ।
सोझै बैंक खाताबाट फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानी गर्न सकिनेगरी बैंक/वित्तीय संस्थाका ग्राहकलाई उपलब्ध रहेको कनेक्ट आईपीएस एकभन्दा बढी बैंक खाता लिंक गर्न सकिने प्लेटफर्म हो ।
कम्पनीका अनुसार कनेक्ट आईपीएसमार्फत दैनिक औषत १०.८ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट हुने गरेकाे छ ।