close

बागमती प्रदेशका ३०० विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिने 

टेकपाना टेकपाना

असार १, २०७९ १८:३९

बागमती प्रदेशका ३०० विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिने 

काठमाडौं । बागमती प्रदेशका तीन सय विद्यालयहरूमा सूचना प्रविधि प्रयोगशाला, विज्ञान तथा विषयगत प्रयोगशाला स्थापना गरिने भएको छ ।

बुधबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले यस्तो कार्यक्रम घोषणा गरेको हो ।

बजेट वक्तव्यअनुसार विद्यालयमा जाने अनुदानलाई शैक्षिक नतिजासँग आवद्ध गर्न उपलब्धि सूचकहरू निर्धारण गरिनेछ ।

‘प्रदेशका एक सय सामुदायिक आधारभूत विद्यालय र दुई सय सामुदायिक विद्यालयको छनौट गरी उपलब्धि सूचकका आधारमा सूचना प्रविधि प्रयोगशाला, विज्ञान तथा विषयगत प्रयोगशाला स्थापना लगायतका सिकाइ उपलब्धि बढाउने कार्यका लागि पूँजीगत अनुदान दिन ५५ करोड रुपैयाँ  विनियोजन गरिएको छ,’ बजेट वक्तव्यमा भनिएको छ ।

यस्ता प्रयोगशालाले विद्यार्थीलाई डिजिटल सिकाइ सामग्रीको पहुँच अभिवृद्धि गर्ने प्रदेश सरकारको अपेक्षा छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३