close

बागमती प्रदेशका मुख्य नाकाहरूमा सीसीटिभी सहितका अत्याधुनिक चेकपोस्ट राखिने 

टेकपाना टेकपाना

असार १, २०७९ १९:४४

बागमती प्रदेशका मुख्य नाकाहरूमा सीसीटिभी सहितका अत्याधुनिक चेकपोस्ट राखिने 

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र प्रवेश गर्ने मुख्य नाकाहरूमा सीसीटिभी क्यामेरा सहितका अत्याधुनिक चेकपोस्ट स्थापना गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० का लागि तयार पारिएको बजेट कार्यक्रम मार्फत प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले यसका लागि आवश्यक खर्च छुट्याएको हो ।

यसका साथै प्रदेशको आफ्नै अनुसन्धान ब्युरो स्थापना गर्ने घोषणा समेत गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३