close

मधेश प्रदेशमा कक्षा १२ पढ्ने छात्रालाई निःशुल्क ल्यापटप

टेकपाना टेकपाना

असार १, २०७९ १९:३९

मधेश प्रदेशमा कक्षा १२ पढ्ने छात्रालाई निःशुल्क ल्यापटप

काठमाडौं । मधेश प्रदेशले सामुदायिक विद्यालय अन्तर्गत कक्षा १२ पढ्ने छात्रालाई निःशुल्क रुपमा ल्यापटप उपलब्ध गराउने भएको छ ।

बुधबार मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै १२ कक्षामा पढ्ने छात्रालाई ल्यापटप दिने बताएका हुन् ।

मन्त्री साहले प्रदेशका सामुदायिक विद्यालयमा प्रविधिको पहुँच पुर्‍याउन कक्षा १२ मा अध्ययनरत छात्रालाई एक-एक थान ल्यापटप उपलब्ध गराउने घाेषणा गरे ।

साथै दलित, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च प्राविधिक शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउने पनि उनले उल्लेख गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३