close

ट्रायल सेन्टरलाई स्वचालित बनाइने, सवारीको भाडा विद्युतीय माध्यमबाटै तिर्न सकिने

टेकपाना टेकपाना

असार १, २०७९ २१:२३

ट्रायल सेन्टरलाई स्वचालित बनाइने, सवारीको भाडा विद्युतीय माध्यमबाटै तिर्न सकिने

काठमाडौं । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र प्रदान गर्ने व्यवस्थालाई थप सुदृढ गर्न र ट्रायल सेन्टरहरूलाई क्रमशः स्वचालित प्रणालीमा लैजाने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत प्रदेश सरकारले यसका लागि आवश्यक बजेटको व्यवस्था गरेको हो । बजेट अनुसार यातायात कार्यालयहरूमा रहेका अभिलेखहरूलाई डिजिटलाइजेसन गरी व्यवस्थित गर्न आवश्यक पूर्वाधार निर्माणका लागि भन्दै सात करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

त्यस्तै यातायात कार्यालयहरूबाट प्रदान गरिने सेवाहरू क्रमशः विद्युतीय प्रणालीबाट प्रवाह गर्न सफ्टवेयर निर्माणका लागि बजेट व्यवस्था गरिएको प्रदेश अर्थमन्त्री शालिकराम जम्कट्टेलले बताएका छन् ।

‘सवारी भाडा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ,’ उनले भने, ‘प्रदेश राजमार्गका उपयुक्त स्थानमा निजी क्षेत्रसँगको सहकार्यमा एकीकृत स्मार्ट रिफ्रेश एन्ड ट्रान्सफर सेन्टर तथा प्रदुषण परीक्षण सेवा सञ्चालनमा ल्याइनेछ ।’

यसका साथै प्रदेश सरकारले सवारी प्रदूषण मापनका लागि स्वचालित प्रविधि स्थापना गर्न सङ्घीय सरकारसँग सहकार्य गर्ने समेत बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३