काठमाडौं । आउँदो महिना अर्थात् जुलाईमा नथिङ ब्राण्डकाे पहिलाे स्मार्टफाेन सार्वजनिक हुँदैछ । वनप्लसका सह-संस्थापक कार्ल पेईको कम्पनी नथिङले ल्याउन लागेकाे याे फाेन कस्ताे हुनेछ भन्ने विषयमा धेरैकाे खुल्दुली छ ।
हालै कम्पनीले ”नथिङ वान’ माेडलकाे डिजाइन लिक गरेकाे छ । कम्पनीले आफ्नो ट्वीटर ह्याण्डलमा फोनको बाहिरी भागको तस्वीर सार्वजनिक गरेकाे छ, जसको डिजाइनमा आईफोन एक्स (पिल-सेपको डुअल क्यामेरा) र आईफोन ट्वेल्भ (फराकिलो किनारा) को मिश्रण देख्न सकिन्छ ।
फोनको डिजाइन केही आईफोनसँग मिलेको भएपनि यसको ब्याक कभर भने फरक छ । यसको कभर पूर्णरूपमा पारदर्शी छ, जसमा भित्रको दुईवटा वायरलेस चार्जिङ क्वाइल, स्क्र्यु र प्याटर्न देख्न सकिन्छ ।
नथिङले टिजर पोस्टमा फोन सार्वजनिक हुने मिति र त्यसको डिजाइनमात्र खुलाएको छ ।
नथिङ फोनको अन्य भेरियन्ट हेर्दा यो फोन पनि स्न्यापड्रागन चिपसेटद्वारा सञ्चालित हुन्छ भन्ने कुरा अनुमान लगाउन गाह्रो छैन ।
नथिङ फोन वान लन्डनमा जुलाई १२ मा सार्वनजिक हुने तय भएकाे छ ।