close

यसरी परिवर्तन गर्न सकिन्छ फेसबुक पोस्टको मिति

टेकपाना टेकपाना

असार ३, २०७९ १८:५८

यसरी परिवर्तन गर्न सकिन्छ फेसबुक पोस्टको मिति

काठमाडौं । सन् २००४ मा फेसबुकका सक्रिय प्रयोगकर्ता करिब १० लाखमात्रै थिए । हाल यो संख्या बढेर २ अर्ब ९१ करोड पुगेको छ । समय सँगै फेसबुकले आफ्नो एप प्रयोगकर्ता अनुकुल परिमार्जन गर्दै आएको छ। समय अनुसार नयाँ नयाँ फिचर समेत थप हुँदै आएका छन् । उपलब्ध फिचर मध्ये कतिपय उपयोग हुँदै आएको छ भने कतिपय फिचरका बारेमा हामी जानकार नहुन सक्छौं ।

त्यसैले फेसबुकले उपलब्ध गराएको धेरै फिचर मध्ये फेसबुक पोस्टमा मिति परिवर्तन गर्ने बारे यहाँ हामी चर्चा गर्दैछौं । जसको प्रयोग आफूले गरेको नयाँ पोस्टलाई पुरानो डेटमा सारेर लुकाउन अथवा वर्षौ अघि गरेको पोस्टलाई आजको मितिमा सार्नमा हुन्छ ।

फेसबुक पोस्टको मिति परिवर्तन गर्ने तरिका

मिति परिवर्तन गर्दा तपाईंले आजको पोस्टमा पर्सिको मिति राख्न भने सक्नुहुन्न। त्यो भन्दा अघि एउटा कुरा बुझ्न भने जरुरी छ । फेसबुकले फेसबुक एड, बुस्ट गरिएका पोस्टको डेट भने एडिट गर्न दिँदैन ।

यसको लागि पहिले आफ्नो फेसबुक अकाउन्ट लगइन गर्नुहोस्।  

लगइन पश्चात आफ्नो टाइमलाइनमा रहेको र मिति परिवर्तन गर्न चाहेको पोस्टमा जानुहोस्।

सोही पोस्टको दायाँ भागमा रहेको ‘थ्री डट’ आइकनमा क्लिक गर्नुहोस्।

अब तल रहेको  एडिट डेट (Edit Date) अप्सनमा क्लिक गर्नुहोस्।  

 
त्यहाँ तपाईंले परिवर्तन गर्न चाहेको मिति राख्नुहोस्।

‘Done’ गरिसकेपछि पोस्टको डेट परिवर्तन हुन्छ।

 त्यसपछि परिवर्तित मिति अनुरूप नै टाइमलाइनमा तपाईंको पोस्ट उपलब्ध हुनेछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३