close

ईसेवामा ‘५५ मिनेटको धमाका अफर’, बैंक अकाउन्ट लिंक गर्दा रु. ५५ क्याशब्याक 

टेकपाना टेकपाना

असार ४, २०७९ १८:१९

ईसेवामा ‘५५ मिनेटको धमाका अफर’, बैंक अकाउन्ट लिंक गर्दा रु. ५५ क्याशब्याक 

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाले ‘५५ मिनेटको धमाका अफर’ ल्याएकाे छ । यस अफर अन्तर्गत असार ५ गते अर्थात् आइतबार अपरान्ह ५:०५ मिनेटदेखि साँझ ५:५५ बजेसम्म ईसेवा आफ्नो बैंक अकाउन्ट लिंक गरी कारोबार गर्दा रु. ५५ क्याशब्याक पाइनेछ ।

आमग्राहकले घरमै बसेर कारोबार गर्न सकुन् भन्ने उद्देश्यले यो योजना ल्याएकाे कम्पनीले जनाएकाे छ ।

योजनामा सहभाागी हुन आफ्नो बैंक अकाउन्ट लिंक गरी कारोबार गर्नुपर्नेछ भने अकाउन्ट भेरिफाई भएको हुनुपर्नेछ ।

यसका साथै हरेक महिनाको ५ गते ईसेवामार्फत इन्टरनेट अथवा टिभीको बिल भुक्तानी गर्दा पाँच प्रतिशतसम्म क्याशब्याक हुने अफर पनि कम्पनीले ल्याएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३