close

२० हजार रूपैयाँ डाउन पेमेन्ट गरी विद्युतीय स्कुटर किन्न सकिने

टेकपाना टेकपाना

असार ४, २०७९ २३:५

२० हजार रूपैयाँ डाउन पेमेन्ट गरी विद्युतीय स्कुटर किन्न सकिने

काठमाडौं । अब २० हजार रुपैयाँ डाउन पेमेन्ट गरी विद्युतीय स्कुटर खरिद गर्न सकिने भएको छ । सुन्दर अटो प्रालिले माछापुच्छ्रे बैंकसँगको सहकार्यमा यस्तो सुविधा ल्याएको हो  ।

कम्पनीले सार्वजनिक गरेको यो सुविधाअन्तर्गत कुनै पनि निजी तथा अन्य कार्यालयमा काम गर्दै गरेका व्यक्तिले ‘एक्सर’ ब्रान्डको विद्युतीय स्कुटर २० हजार रुपैयाँ बुझाएर खरिद गर्न सक्नेछन् ।

२० हजार रुपैयाँ डाउन पेमेन्ट गर्दा ग्राहकले दुई वर्षको किस्ता अवधिमा बाँकी रकम बुझाउनुपर्ने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । उनले दैनिक कार्यालय आवतजावत गर्ने व्यक्तिका लागि विद्युतीय सवारी उपयुक्त हुने भनाइ राखे ।

भारतीय कम्पनी ‘एक्सर’ ब्रान्डको विद्युतीय स्कुटरमा १५५० वाट क्षमताको मोटर राखिएको छ । यो विद्युतीय स्कुटरमा ७५ वाटको लिथियम आयन ब्याट्री जडान भएको छ ।

एकपटक पूर्णरुपमा चार्ज हुन तीनदेखि चार घण्टा लाग्ने यो स्कुटरले अधिकतम १२० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

त्यस्तै यो स्कुटरमा की-लेस इन्ट्री सिस्टम, एन्टी थेफ्ट अलार्म सिस्टम, यूएसबी पोर्ट, कम्बाइन ब्रेकिङ सिस्टम (सीबीएस), भेहिकल लोकेटर, रिभर्स मोड, साइड स्ट्यान्ड इन्डिकेटर लगायतका अत्याधुनिक फिचर उपलब्ध रहेका छन् ।

लामो दुरी यात्रा गर्ने प्रयोगकर्ताले आवश्यक परेको खण्डमा एउटा ब्याट्री थप गर्न समेत सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सुन्दर अटो प्रालिले ब्याट्रीमा तीन वर्ष, मोटरमा दुई वर्ष र कन्ट्रोलरमा १८ महिनाको वारेन्टी प्रदान गरेको छ ।

कम्पनीले पछिल्लो समय एक्सर ब्रान्डको दुईवटा डिजाइनमा विद्युतीय स्कुटर बिक्री गर्दै आएको जसको मूल्य दुई लाख ४० हजार रुपैयाँ र दुई लाख ३५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३