close

सामुदायिक विद्यालय र स्वास्थ्य संस्थालाई इन्टरनेटमा ५० प्रतिशत छुट

टेकपाना टेकपाना

असार ५, २०७९ १४:४२

सामुदायिक विद्यालय र स्वास्थ्य संस्थालाई इन्टरनेटमा ५० प्रतिशत छुट

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी निकायमा खपत हुने इन्टरनेटमा ५० प्रतिशत सहुलियत प्रदान गर्ने भएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा सम्पूर्ण माध्यामिक विद्यालय तथा स्वास्थ्य संस्थालाई इन्टरनेट खर्चमा ५० प्रतिशत सहुलियत दिने नीति लिएको थियो ।

सोही नीतिका आधारमा प्राधिकरणले यसअघि ग्रामीण दूरसञ्चार विकास कोषमार्फत निःशुल्क इन्टरनेट सेवा सञ्चालित माध्यमिक विद्यालय तथा स्वास्थ्य संस्थाहरूलाई पुराना डिभाइस सुरक्षित राख्न सूचना जारी गरेको छ ।

प्राधिकरणले यसअघि निःशुल्क इन्टरनेट सञ्चालनमा आएको र दुई वर्षको अवधि पूरा भएका माध्यमिक विद्यालय तथा स्वास्थ्य संस्थाहरूलाई लक्षित गर्दै यो सूचना जारी गरेको हो ।

‘कोषमार्फत सञ्चालित परियोजना अन्तर्गत सेवा जडान भएका तोकिएका स्थानमा दुई वर्षको निःशुल्क सेवाको अवधि समाप्त भएपश्चात सेवाग्राहीबाट सेवा निरन्तरताको अनुरोध भएमा प्राधिकरणबाट स्वीकृत दररेटमा सेवा निरन्तरता गर्नुपर्ने दायित्व सेवा प्रदायकको हो,’ सूचनामा भनिएको छ, ‘सँगै सरकारको आगामी आवको नीति तथा कार्यक्रमले सम्पूर्ण माध्यामिक विद्यालय तथा स्वास्थ्य संस्थाहरूलाई इन्टरनेट खर्चमा ५० प्रतिशत सहुलियत दिने नीति लिएको छ ।’

सरकारको यो नीति अनुरूप माध्यमिक विद्यालय तथा स्वास्थ्य संस्थालाई थप अवधि सेवा उपलब्ध गराउने व्यवस्था गरिएकाले जडान भएको उपकरण यथास्थितिमा सञ्चालन हुन सक्नेगरी सुरक्षित राख्न प्राधिकरणले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३