close

१८ मिनेटमै ८० प्रतिशत चार्ज हुने विद्युतीय कार ल्याउँदै किया, ४२४ किमिसम्म गुड्नसक्ने

टेकपाना टेकपाना

असार ५, २०७९ १४:३०

१८ मिनेटमै ८० प्रतिशत चार्ज हुने विद्युतीय कार ल्याउँदै किया, ४२४ किमिसम्म गुड्नसक्ने

काठमाडौं । कियाको नयाँ विद्युतीय कार ‘ईभी सिक्स जीटी’ सार्वजनिक हुने भएको छ । जुन २३ देखि २६ अर्थात् यही असार ९ देखि १२ गतेसम्म बेलायतमा आयोजना हुने ‘गुडवुड फेस्टिभल अफ स्पिड’ मार्फत कम्पनीले याे कार सार्वजनिक गर्ने घोषणा गरेको हो ।

यो कारको मुख्य फिचर यसको चार्जिङ क्षमता रहेको कम्पनीको भनाइ छ । बाहिरिएकाे समाचार अनुसार यो कार १० देखि ८० प्रतिशतसम्म चार्ज हुन १८ मिनेटमात्र लाग्छ ।

यसमा ५७७ बीएचपी (४३६ किलोवाट) क्षमताको मोटर जडान गरिएको छ भने कारले ७४० एनएम टर्क उत्पादन गर्ने बताइएकाे छ ।

यसमा ५७७ बीएचपी (४३६ किलोवाट) क्षमताको मोटर जडान गरिएको छ भने कारले ७४० एनएम टर्क उत्पादन गर्ने बताइएकाे छ ।

अधिकतम १६२ माइल प्रतिघण्टा (२६० किलोमिटर प्रति घण्टा) को स्पिडमा गुड्नसक्ने यो कारले साढे तीन सेकेन्डमा शून्यदेखि ६२ माइल प्रतिघण्टा अर्थात् १०० किलोमिटर प्रतिघण्टाको गति लिनसक्छ ।

त्यस्तै एक पटकको फूल चार्जमा यो कार ४२४ किमिसम्म गुड्न सक्ने कम्पनीको भनाइ छ ।

यसको फास्ट चार्जिङ क्षमता र माइलेजका कारण यो कार लामो दूरीको यात्रा गर्न उपयुक्त हुने कम्पनीको दाबी छ ।

इलेक्ट्रिक- ग्लोबल मोड्युलर प्लेटफर्म (ई-जीएमपी) मा आधारित रहेर बनाइएको कारमा अल्ट्रा-फास्ट चार्जिङ, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी) प्रणाली लगायतका प्रविधि समेत उपलब्ध छ ।

साथै कारमा ‘जीटी मोड’ फिचर पनि उपलब्ध छ । यो मोड स्टेरिङ ह्वीलमा रहेको बटनमार्फत एक्टिभेट गर्न सकिन्छ । स्टेरिङ ह्विलमा भएको बटन क्लिक गरेपछि जीटी मोड अन हुन्छ ।

यो मोडले गाडीको मोटर, स्टेरिङ र सस्पेन्सनलाई स्वचालित बनाउन मद्दत गर्छ । कम्पनीले ईभी ६ जिटी यो वर्षको अन्त्यदेखि बजारमा ल्याउने बताएको छ । यसको वितरण बेलायतदेखि सुरु हुने जनाइएको छ ।

यो गाडीको मूल्य ७२ हजार ९९५ डलर (करिब ९१ लाख नेपाली रूपैयाँ) ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३