close

तपाईंको कम्प्युटरमा आजसम्म कुन कुन वाई-फाई कनेक्ट भयो ? यस्तो छ थाहा पाउने तरिका

टेकपाना टेकपाना

असार ५, २०७९ २०:१३

तपाईंको कम्प्युटरमा आजसम्म कुन कुन वाई-फाई कनेक्ट भयो ? यस्तो छ थाहा पाउने तरिका

काठमाडौं । यदि तपाईंले आफ्नो वाई-फाईको पासवर्ड बिर्सनुभयो, तर तपाईंसँग विन्डोज डिभाइस छ भने सजिलैसँग वाई-फाईको पासवर्ड हेर्न सक्नुहुन्छ ।

विन्डोजमा उपलब्ध फिचरका माध्यमबाट वाई-फाईको जानकारी थाहा पाउन सकिने भएकाले तपाईंलाई अन्य कुनै सफ्टवेयरको आवश्यकता पर्दैन ।

अब जानौं विन्डोजमा सेभ भएका वाई-फाईका हरेक पासवर्ड कसरी हेर्न सकिन्छ भन्नेबारे ।

वाई-फाईको पासवर्ड हेर्ने सबैभन्दा सजिलो तरिका हो, विन्डोजको सेटिङ । तपाईं सेटिङमा गएर विन्डोज १० वा विन्डोज ११ मा वाई-फाईको पासवर्ड हेर्न सक्नुहुन्छ ।

त्यसका लागि तल उल्लेख गरिएका प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले विन्डोजको ‘सेटिङ’ मा जानुहोस् ।
  • त्यसपछि ‘नेटवर्क एन्ड इन्टरनेट’ मा जानुहोस् ।
  • त्यसपछि ‘एड्भान्स नेटवर्क सेटिङ’ मा जानुहोस् ।
  • त्यसपछि ‘रेलेटेड सेटिङ’ को तल रहेको मोर नेटवर्क एडप्टर अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि वाई-फाई अप्समा डबल क्लिक गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ देखिएको वायरलेस प्रोपर्टिजमा जानुहोस् ।
  • त्यसपछि सेक्युरिटी ट्याबमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि शो क्यारेक्टर (Show character) भन्ने बक्समा ट्याब गर्नुहोस् । त्यसपछि तपाईंले त्यहाँ वाई-फाईको पासवर्ड हेर्न सक्नुहोस् ।  

डिभाइसमा कनेक्ट भएका सबै वाई-फाईको पासवर्ड हेर्ने तरिका

यदि तपाईं कमाण्ड लाइनतिर सक्रिय वा उत्सुक हुनुहुन्छ भने तपाईं कमाण्ड प्रोप्ट प्रयोग गरेर वाई-फाईको पासवर्ड हेर्न सक्नुहुन्छ ।

कनेक्टेड वाई-फाई डिटेल्स हेर्ने अनेकौ तरिका मध्य सबै भन्दा सजिलो कमाण्ड प्रोम्पट मार्फत ट्राई गर्छौ । यसरी काम पर्दै जाँदा आफ्नो ल्यापटप धेरैवटा वाई-फाईमा कनेक्ट गर्नुभएको हुनसक्छ ।

कुन कुन वाई-फाई कनेक्ट भए भन्ने जिज्ञासा तपाईंलाई पनि हुनसक्छ । ल्यापटप रिसेट गरिएको छ भने रिसेट हुनुअघिको वाई-फाई  डिटेल्स भने हेर्न सकिँदैन।  रिसेटपछि ल्यापटपमा कनेक्टेड भएको वाई-फाईमात्र हेर्न सक्नुहुन्छ ।

कमाण्ड प्रोम्प्ट विधिबाट वाई-फाईको पासवर्ड यसरी पत्ता लगाउन सकिन्छ ।

  • सबैभन्दा पहिले सर्च बारमा गएर कमान्ड प्रोम्प्ट (Command Prompt) सर्ज गर्नुहोस् ।
  • त्यसपछि कमाण्ड प्रोम्प्टमा राइट क्लिक गरेर रन एस एड्मिनिस्ट्रेटर (Run as Administrator) मा क्लिक गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ (netsh wlan show profile) पेस्ट गरी इन्टर दबाउनुहोस् ।
  •  त्यसपछि त्यहाँ तपाईंको डिभाइसमा सेभ भएका वाई-फाई नेटवर्क देखिन्छन् ।
  • त्यसपछि netsh wlan show profile name=वाई-फाई नेटवर्कको नाम key=clear टाइप गरेर इन्टर थिच्नुहोस् । उदाहरणका लागि netsh wlan show profile name=techpana key=clear 
  • त्यसपछि तपाईंले कि कन्टेन्टको (Key Content) छेउमा वाई-फाईको पासवर्ड देख्न सक्नुहुन्छ ।

संगै आफ्नो डिभाइसमा कनेक्ट भएका सबै नेटवर्कको पासवर्ड फाइलमा एक्स्ट्र्याक्ट पनि गर्न सक्नुहुन्छ ।  त्यसको लागि तपाइले netsh wlan export profile folder=c:\ key=clear कमाण्डको प्रयोग गर्नुहोस्।  

यति गरिसकेपछि तपाइँ आफ्नो लोकल डिस्क सी मा गएर सबै नेटवर्कको पासवर्ड हेर्न सक्नुहुन्छ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३