close

दैनिक १३९ रुपैयाँ किस्तामा इलेक्ट्रिक स्कुटर

टेकपाना टेकपाना

असार ६, २०७९ १३:३१

दैनिक १३९ रुपैयाँ किस्तामा इलेक्ट्रिक स्कुटर

काठमाडौं । नेपाल आयल निगमले आइतबार रातीबाटै लागू हुनेगरि पेट्रोल तथा डिजेलको नयाँ मूल्य तोकेको छ । यो सँगै पेट्रोलको मूल्य १९९ रुपैयाँ प्रतिलिटर पुगेको छ । पेट्रोलको मूल्य बढेसँगै धेरैले अब विद्युतीय सवारी भन्दै सामाजिक सञ्जालमा लेखिरहेका छन् । हुन पनि हो, बढ्दो पेट्रोलको मूल्यले इन्धन युक्त सवारीको मासिक खर्च भन्दा विद्युतीय सवारी राम्रो विकल्प हुनसक्छ ।

नेपाली बजार धेरै ब्राण्डका विद्युतीय बाइक तथा स्कुटरहरू उपलब्ध छन् । त्यसमध्ये नेपालको लागि सुपर शोको आधिकारिक वितरक ‘डिलाइफ स्टाइल’ विद्युतीय स्कुटर दैनिक १३९ रुपैयाँ किस्ता उपलब्ध गराउने भएको छ ।

यो किस्तामा रकममा थप कुनै डाउन पेमेन्टको आवश्यक नपर्ने जनाइएको छ । यसको अर्थ शून्य प्रतिशत डाउन पेमेन्टमा इलेक्ट्रिक स्कुटर उपलब्ध हुनेछ । यो सुविधा स्कुटरमा मात्रै उपलब्ध रहेको छ ।

कम्पनीका अनुसार दैनिक १३९ रुपैयाँ किस्ता सुविधामा सीयू मिनी स्कुटर उपलब्ध हुनेछ । जसको मूल्य १ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ । यो स्कुटर एक पटकको फुल चार्जमा ६० किलोमिटरसम्म गुडाउन सकिने छ ।

यस्तै ग्राहकले शून्य प्रतिशत डाउनपेमेन्टमा १२, १८ र २४ महिनाको किस्ताबन्दी सुविधाका साथ सुपर शोकोका मोटरसाइकल खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार डाउन पेमेन्ट बापत कुनै शुल्क नलागेपनि ब्याज बापत लाग्ने रकम भने सुरुमै तिर्नुपर्ने हुन्छ ।

बजारमा सुपर शोको अन्तर्गत टीसी म्याक्स मोडल मोटरसाइकलको मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । यो बाइक फुल चार्जमा ११० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । त्यस्तै टीसी मोडल अन्तर्गत सिंगल ब्याट्री युक्त बाइकको मूल्य २ लाख ९५ हजार ९०० रुपैयाँ छ । भने डबल ब्याट्री भएको मोडलको मूल्य ३ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

यी बाइक एक पटकको फुल चार्जमा क्रमशः  ८० किलोमिटर र १६० किलोमिटर गुडाउन सकिने दावी कम्पनीको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३