close

लाइसेन्सको अनलाइन आवेदनमा त्रुटि भए सच्याउन कार्यालयमै आउनू: यातायात विभाग

टेकपाना टेकपाना

असार ७, २०७९ १७:२३

लाइसेन्सको अनलाइन आवेदनमा त्रुटि भए सच्याउन कार्यालयमै आउनू: यातायात विभाग

काठमाडौं । यातायात व्यवस्था विभागले ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन भर्दा त्रुटि भएको खण्डमा सच्याउनका लागि नजिकको यातायात कार्यालयमा आउन आग्रह गरेको छ ।

विभागले मङ्गलबार एक सूचना प्रकाशित गर्दै सवारी चालक अनुमतिपत्रको नयाँ अनलाइन आवेदन प्रणाली बारे अपडेट दिएको हो । विभागका अनुसार यो नयाँ प्रणालीमा अनलाइन आवेदन दिने क्रममा एउटा आवेदकले फरक फरक मोबाइल नम्बर प्रयोग गरी एक भन्दा बढी प्रोफाइल बनाएर आवेदन फाराम भर्ने गरेका छन् ।

एउटा मोबाइल नम्बर र एउटा नागरिकता नम्बर प्रयोग गरी एक पटक एउटा मात्र अनलाइन प्रोफाइल बनाउन सकिने व्यवस्था गरिएको भन्दै विभागले त्यसक्रममा गल्ती नगर्न सचेत गराएको छ ।

‘अनलाइन प्रोफाइल बनाउने क्रममा नाम, ठेगाना, नागरिकताको विवरण, सवारी चालक अनुमतिपत्रको विवरण लगायतका विवरण भर्दा त्रुटि भएमा सच्याउनका लागि आफूले आवेदन गर्न चाहेको नजिकैको यातायात व्यवस्था कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ,’ विभागको सूचनामा भनिएको छ ।

विभागले सम्बन्धित प्रयोगकर्तालाई नै अनलाइन प्रोफाइल तथा आवेदन सच्याउने सुविधा भने दिएको छैन ।

विभागको नयाँ सिस्टम अनुसार प्रदेश दिन बिहान ७ बजे १६ औँ दिनको लागि आवेदन खुल्ने गरेको छ । जसमा प्रत्येक यातायात व्यवस्था कार्यालयका लागि दैनिक लाइसेन्स आवेदनको कोटा निर्धारण गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३