close

भोलिदेखि ‘सुबिसु घरघरमा’ अभियान, इन्टरनेट सेवाको जानकारीसँगै आकर्षक गिभअवे गर्ने

टेकपाना टेकपाना

असार ८, २०७९ १९:२९

भोलिदेखि ‘सुबिसु घरघरमा’ अभियान, इन्टरनेट सेवाको जानकारीसँगै आकर्षक गिभअवे गर्ने


काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेटले बिहीबारदेखि ‘सुबिसु घरघरमा’ नामक अभियान सुरु गर्ने भएको छ । कम्पनीले आफ्नो सेवा तथा प्याकेजको विषयमा जानकारी दिने उद्देश्यका साथ यस्तो अभियान सुरू गर्न लागेको हो ।

बिहीबार र शुक्रबार कम्पनीले बानेश्वरस्थित आईप्लेक्स मलमा आफ्नो पहिलो ‘मिटिङ प्वाइन्ट’ गर्दैछ, जसमार्फत नयाँ तथा पुराना ग्राहकले सुबिसुको सेवाको विषयमा विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन् ।

यसपछि अन्य ठाउँमा क्रमशः याे अभियान सञ्चालन हुने कम्पनीले जानकारी दिएकाे छ ।

यसअन्तर्गत सहभागीले कनेक्सन सपोर्ट, नयाँ कनेक्सनबारे जानकारी र विभिन्न अफरबारे जानकारी लिनसक्ने जनाइएकाे छ ।

‘मिटिङ प्वाइन्ट’मा गएर नयाँ कनेक्सन लिने १० जना ग्राहकलाई लक्की ड्रबाटै ३५ प्रतिशत छुट उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

साथै त्यहाँ पुग्ने सेवाग्राहीलाई समावेश गरी साप्ताहिक लक्की ड्र समेत गरिने र त्यसबाट दुई जना ग्राहकलाई निःशुल्क १५० एमबीपीएस इन्टरनेट कनेक्सन उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३