close

फेसबुकको नियम तोड्नु भएको त छैन ? यस्तो छ थाहा पाउने तरिका

टेकपाना टेकपाना

असार ११, २०७९ ११:२६

फेसबुकको नियम तोड्नु भएको त छैन ? यस्तो छ थाहा पाउने तरिका

काठमाडौं । विश्वभर सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जाल हो, फेसबुक । मेटा स्वामित्वको फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि निश्चित नियम तोकेको छ । जसरी अन्य कानून तोड्दा हामी कारबाहीमा पर्छौं, त्यसरी नै फेसबुकको नीति, नियम उल्लंघन गरे कारबाहीमा पर्नसक्छौं ।

यद्यपि तपाईंले कहिलेकाहीँ जानी नजानी फेसबुकको नीति (कम्युनिटी गाइडलाइन) उल्लंघन गर्नुभएको हुनसक्छ । पटक पटक नीति उल्लङ्घन गर्दै जानुभयो भने विषयवस्तुको गहनता हेरेर फेसबुक अकाउन्ट ब्लकदेखि डिलिटसम्म हुनसक्छ ।

त्यसैले फेसबुक कम्युनिटीलाई असर नपर्नेगरी चलाउनु उपयुक्त हुन्छ । तपाईंले आजसम्म के कस्ता फेसबुक कम्युनिटी गाइडलाइन उल्लङ्घन गर्नुभयो भन्ने जिज्ञासा हुनसक्छ । त्यस्ता गाइडलाइन उल्लङ्घनका लिस्टहरु देख्न सक्नुहुन्छ ।

यसका लागि पहिले आफ्नो फेसबुक अकाउन्टमा लगइन गर्नुहोस् ।  

त्यसपछि योर प्रोफाइल (Your Profile) मा क्लिक गरेर हेल्प एन्ड सपोर्ट (Help & support) मा जानुहोस् । 

त्यसपछि सपोर्ट इनबक्स (Support inbox) मा क्लिक गर्नुहोस् ।  

त्यहाँ रिपोर्ट गरेका पोस्ट, प्रोफाइल, कमेन्ट देखाउँछ ।

त्यस्तै तपाईंले उल्लङ्घन गरेका फेसबुक कम्युनिटी नीति पनि देखाउँछ । 

भायोलेसनको प्रकृति हेरेर फेसबुकले तपाईंको अकाउन्ट ब्लकदेखि डिलिटसम्म गर्नसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३