काठमाडौं । मेसेजिङ एप ह्वाट्सएपमा व्यक्तिगत गोपनीयताका धेरै फिचर छन् । इन्ड-टु-इन्ड इन्क्रिप्सन, टु-फ्याक्टर अथेन्टिकेसन लगायतका फिचरले यस प्लेटफर्मलाई अझ धेरै प्रयोगकर्तामाझ परिचित गराएको छ ।
तपाईंले ह्वाट्सएपमा आफ्नो प्रोफाइल वा पछिल्लो समय च्याट हेरेको समय सबैलाई देखाउन वा लुकाउन सक्नुहुन्छ ।
यदि तपाईंले आफ्नो ‘लास्ट सिन’ लुकाउनुभयो भने तपाईंले अरूको पनि ‘लास्ट सिन’ हेर्न पाउनुहुन्न । अरूले आफ्नो ‘लास्ट सिन’ स्टाटस नदेखोस् भन्ने चाहनुहुन्छ भने तलको प्रक्रिया अपनाउनुहोस ।
सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् ।
माथि दायाँपट् देखाएको तीनवटा डटमा ट्याप गर्नुहोस् ।
त्यसपछि सेटिङमा जानुहोस् ।
सेटिङमा गइसकेपछि अकाउन्टको अप्सन छान्नुहोस् ।
त्यसपछि प्राइभेसीमा जानुहोस् ।
त्यहाँ पहिलो अप्सनमा रहेको ‘लास्ट सिनमा’ ट्याप गर्नुहोस् ।
त्यसपछि कसले कसले हेर्ने वा कसले नहेर्ने भन्ने कुरा त्यहीबाट छान्न सकिन्छ ।
सबैभन्दा माथि रहेको एभ्रीवान अप्सनमा हुँदा तपाईंको लास्ट सिन सबैले देख्छन्, माई कन्ट्याक्ट छान्नुभयो भने तपाईंको कन्ट्याक्टमा भएका मानिसहरूले देख्न सक्छन् । त्यस्तै माई कन्ट्याक्ट एक्सेप्टमा जानुभयो भने कसले नदेख्ने भन् व्यक्ति छान्न सक्नुहुन्छ ।
अन्तिममा रहेको नोबडी छान्नुभयो भने तपाईंको ‘लास्ट सिन स्टाटस’ कसैले पनि देख्न सक्दैन ।
त्यस्तै तपाईंलाई मानिसहरूले अनावश्यक रूपमा ह्वाट्सएपका विभिन्न ग्रुपमा एड गरेका हुनसक्छन् । जसले गर्दा तपाईंलाई दिक्क लागेको हुनसक्छ । त्यस्तो समस्याबाट छुट्करा पाउन निम्मलिखित प्रक्रिया अपनाउनुहोस् ।
सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् ।
माथि दायाँपट्टि देखाएको तीनवटा डटमा ट्याप गर्नुहोस् ।
त्यसपछि सेटिङमा जानुहोस् ।
सेटिङमा गइसकेपछि अकाउन्टको अप्सन छान्नुहोस् ।
त्यसपछि प्राइभेसीमा जानुहोस् ।
त्यसपछि स्क्रोल गर्दै तल जानुहोस्, जहाँ ग्रुप भन्ने अप्सन देख्न सक्नुहुन्छ । त्यहाँ गएर तपाईंले कसले एड गर्न मिल्ने भन्ने छान्न सक्नुहुन्छ ।