काठमाडौं । लक्जरी कार निर्माता फरारीले २०२६ सम्ममा आफ्ना ६० प्रतिशत गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्ने घोषणा गरेको छ ।
कम्पनीका अनुसार सन् २०२६ सम्ममा ६० प्रतिशत गाडी विद्युतीय वा हाइब्रिड र बाँकी ४० प्रतिशत इन्धनयुक्त गाडी हुनेछन् । कम्पनीले सन् २०३० सम्ममा कार्बन न्यूट्रल हुने योजना बनाएको छ ।
यद्यपि कम्पनी इन्टर्नल कम्बुसन इन्जिन (ICE-Internal Combustion Engine) भने विकास गरिरहने छ । सन् २०३० सम्ममा फरारीले उत्कृष्ट ड्राइभिङ सहित तीन पाओरट्रेन उपलब्ध गराउने भएको बताएको छ ।
कम्पनीले हाइब्रिड पावरट्रेन प्रविधि एफ वानबाट ल्याउने बताएको छ । फरारीको विद्युतीय इन्जिन भने मारानेल्लो (Maranello) मा डिजाइन, निर्माण र एसेम्बल हुनेछ ।
फरारीले उसको पहिलो हाइब्रिड कार एसएफ ९० स्ट्राडेल (SF90 Stradale) सन् २०१९ मा सार्वजनिक गरेको थियो । हाइब्रिडका रूपमा हाल कम्पनीको विभिन्न चार मोडेलहरू उपलब्ध छन् ।
यसको ब्याट्री मारानेल्लोको ई-बिल्डिङमा नै एसेम्बल हुनेछ । जहाँ विद्युतीय इन्जिन, इन्भर्टर र ब्याट्री डिजाइन, निर्माण र एसेम्बल हुने कम्पनीले बताएको छ ।