close

जीमेलबाट यसरी पठाउनुहोस् फ्याक्स

टेकपाना टेकपाना

असार १५, २०७९ ७:३४

जीमेलबाट यसरी पठाउनुहोस् फ्याक्स

काठमाडौं । सन् २०२२ सम्म आइपुग्दा फ्याक्स मसिन विस्थापित भइसकेको आभास हुन्छ । तर, केही मानिस/संस्थाले फ्याक्स पठाउन फ्याक्स मसिन नै प्रयोग गर्ने गर्छन् ।

अहिले केही पुराना संस्था, सरकारी कार्यालयका विभिन्न विभागमा फ्याक्स मसिनकाे प्रयोग भइरहेकाे छ । वास्तवमा तपाईंलाई फ्याक्स पठाइरहन अब फ्याक्स मसिन नै आवश्यक गर्दैन ।

यदि इन्टरनेट छ भने अब जीमेलबाटै फ्याक्स पठाउन सकिन्छ । आज हामी जीमेलको प्रयोग गरी कसरी फ्याक्स पठाउन सकिन्छ भन्ने विषयमा जानकारी दिन्छौं ।

यसरी पठाउनुहोस् जीमेलबाट फ्याक्स

सबैभन्दा पहिले तपाईंले आफूलाई उपयुक्त फ्याक्स सर्भिस छान्नुपर्ने हुन्छ । आफूलाई उपयुक्त हुने फ्याक्स सर्भिस गुगल मार्केटप्लेसमा सर्च गर्न हुनुहाेस् ।

–   सबैभन्दा पहिले यहाँ गएर फ्याक्स प्लस डाउनलोड गर्नुहोस् । वा ब्राउजरमा गई फ्याक्‍स प्लस (FAX.PLUS) सर्च गर्नुपर्ने हुन्छ ।

–   त्यसपछि त्यहाँ रहेको इन्स्टल अप्सनमा गई इन्स्टल गर्नुहोस् । फ्याक्स प्लस इन्स्टल गरिसकेपछि तपाईं जीमेलमा जानुहोस् ।

–   यदि जीमेलमा साइनअप गर्नु भएको छैन भने साइनअप गर्नुहोस् । त्यसपछि दायाँपट्टि छेउमा फ्याक्सको आइकन देखिन्छ ।

–   फ्याक्सको आइकनमा ट्याप गर्नुभयो भने तपाईंलाई फ्याक्स नम्बर राख्न भनिएको हुन्छ ।

–   त्यसपछि रेसिपियन्ट फ्याक्स नम्बर टाइप गरि न्यू फ्याक्स अप्सनमा क्लिक गर्नुहोस् ।

–   त्यसपछि सब्जेक्ट टाइप गरेर मेल पठाउन सकिन्छ । 

त्यसरी फ्याक्स पठाएको ५ मिनेटपश्चात तपाईंलाई फ्याक्स पुगेको जानकारीसहितको ईमेल प्राप्त हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३