close

सफ्टवेयर समायोजन गर्नुपर्ने भएकाले नबिल बैंक र नेपाल बंगलादेश बैंकका सेवा सोमबारसम्म बन्द

टेकपाना टेकपाना

असार २३, २०७९ १५:५०

सफ्टवेयर समायोजन गर्नुपर्ने भएकाले नबिल बैंक र नेपाल बंगलादेश बैंकका सेवा सोमबारसम्म बन्द

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकले एकीकृत वित्तीय कारोबार गर्न आफ्ना सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द गर्ने भएका छन् ।

मर्जरमा जाने भएपछि यी बैंकको सफ्ट्वेयर समायोजन (डेटा माइग्रेसन) का क्रममा बैंकिङ  सेवा र कारोबार बन्द हुने भएको हो । एक सूचना जारी गर्दै यी बैंकले सोमबार कार्यालय समयअघिसम्म सेवा बन्द हुने जानकारी दिएका हुन् ।

असार २७ सोमबारदेखि यी बैंकको एकीकृत कारोबार हुने जनाइएको छ । उक्त समयमा नबिल बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने प्रयोग गर्न सकिनेछ ।

त्यसैगरी याे समयमा नेपाल बङ्गलादेश बैंककाे क्रेडिट कार्डमात्रै सञ्चालनमा आउने जनाइएको छ । साविक नेपाल बङ्गलादेश बैंकले जारी गरेका डेबिट/क्रेडिट प्रिपेड कार्डहरू सोमबार बिहान कार्यालय समयपछि सुचारु हुनेछन् ।

त्यस्तै नेपाल बङ्गलादेश बैकले जारी गरेका सबै प्रकारका कार्डहरू क्रमिक रुपमा प्रतिस्थापन गर्न ग्राहकलाई सूचित गरी नयाँ कार्ड उपलब्ध गराइने जनाइएकाे छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३