close

चन्द्रमाका लागि उडेको नासाको स्याटलाइट सम्पर्कमा आयो

टेकपाना टेकपाना

असार २३, २०७९ १५:६

चन्द्रमाका लागि उडेको नासाको स्याटलाइट सम्पर्कमा आयो

काठमाडौं । चन्द्रमातर्फ गइरहेको नासाको स्याटलाइट सम्पर्कमा आएको छ । ‘क्यापस्टोन’ नामको सानो स्याटलाइट नासाको रेडियो एन्टेना नेटवर्क ‘डिप स्पेस नेटवर्क’ को सम्पर्कबाट मंगलबारदेखि विच्छेद भएकाे थियो ।

समाचार अनुसार याे स्याटलाइट चन्द्रमाका लागि पृथ्वीको कक्ष छोडेपछि सम्पर्कविहीन भएको थियो । नासाले २४ घण्टापछि स्याटलाइट सम्पर्कमा आएको जानकारी दिएको छ ।

जुन २८ मा न्युजिल्यान्डबाट प्रक्षेपण गरिएको स्याटलाइटको आकार माइक्रओभन जत्तिकै छ भने यसको तौल करिब २५ किलोग्राम छ ।

कम ऊर्जा खपत गरी यात्रा गर्ने भएकाले यस स्याटलाइटलाई चन्द्रमा पुग्न अझ चार महिना लाग्ने सीजीटीएन न्युजमा उल्लेख छ ।

यदि बाँकी मिसन सफल भयो भने क्यापस्टोन स्याटलाइटले महिनौंसम्म चन्द्रमाको वरपर भएको महत्त्वपूर्ण जानकारी पृथ्वीमा पठाउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३