close

बिजुली गाडी नेपालमै एसेम्बल गर्न आयातकर्तालाई प्रधानमन्त्री देउवाको आग्रह

टेकपाना टेकपाना

असार २३, २०७९ १७:४

बिजुली गाडी नेपालमै एसेम्बल गर्न आयातकर्तालाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमै विद्युतीय सवारी एसेम्बल गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् । नेपाल अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नाडा) को प्रतिनिधिमण्डलसँगको बुधबारको भेटमा प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष ध्रुव थापाको नेतृत्वमा नाडाको प्रतिनिधिमण्डलसँग उनले सवारी साधन पैठारीकर्ताले अब नेपालमै विद्युतीय सवारी साधनहरूको एसेम्बलिङ प्लान्ट स्थापना गरी बढ्दो व्यापार घाटा कम गर्नुपर्ने बताएका थिए ।

भेटघाटमा प्रधानमन्त्री देउवा निजी प्रयोजनका सवारी साधनहरूको आयातमा लागेको प्रतिबन्ध हटाउन समेत सकारात्मक रहेको नाडाले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३