close

साउन पहिलो साताबाट मेरो शेयर एप आईओएसमा पनि

टेकपाना टेकपाना

असार २४, २०७९ १४:४७

साउन पहिलो साताबाट मेरो शेयर एप आईओएसमा पनि

काठमाडौं । केन्द्रिय निक्षेप प्रणाली (सीडीएससी) ले आउँदो साउन पहिलो साताबाट मेरो शेयर एप आईओएसमा पनि उपलब्ध गराउने भएको छ । केही समय अघि एन्ड्रोइड भर्सनमा एप सार्वजनिक गरेको सीडीएससीले आईओएस प्रयोगकर्तालाई समेत उपलब्ध गराउने भएको हो ।

पछिल्लो समय एप प्रयोग गरेर शेयर कारोबार गर्ने प्रयोगकर्ताको सङ्ख्यामा आएको उल्लेख्य वृद्धिलाई मध्यनजर गर्दै यसको तयारी गरिएको सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए । “हामीले आईओएस एपका लागि आवश्यक तयारी पूरा गरिसकेका छौँ,” उनले भने, “परीक्षण पनि सफल भइसकेको छ । आउँदो महिनाको पहिलो साताबाट यो एप आईओएस एप स्टोरमा उपलब्ध हुनेछ ।”

त्यसपछि प्रयोगकर्ताले डाउनलोड गरेर एपमार्फत बजार, पोर्टफोलियो, आईपीओ, शेयर विवरण, एफपीओ, हकप्रद शेयर आवेदन लगायतका सुविधा लिन सकिने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३