close

प्रभु क्यापिटलको एपबाट डिम्याट र मेरो शेयरका विभिन्न सेवा लिन सकिने

टेकपाना टेकपाना

असार २५, २०७९ १३:४३

प्रभु क्यापिटलको एपबाट डिम्याट र मेरो शेयरका विभिन्न सेवा लिन सकिने

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नयाँ मोबाइल एप सार्वजनिक गरेको छ ।

ग्राहकलाई छिटो र सहज तरिकाबाट सेवा प्रदान गर्न उद्देश्यले ल्याइएको याे एपबाट अनलाइनबाटै हितग्राही खाता तथा मेरो शेयर अनलाइन सेवाका लागि आवेदन दिन, भिडिओ केवाईसी गर्न, हितग्राही खाताको विवरणहरु परिवर्तनका लागि निवेदन दिन, हितग्राही खाता तथा मेरो शेयरको नविकरण शुल्क भुक्तानी तथा पासवर्ड परिवर्तन गर्न निवेदनका साथै हितग्राही खाताको स्टेटमेन्ट माग गर्न सकिने कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार एपबाटै लगानी व्यवस्थापन सेवामा जोडिनको लागि उपलब्ध योजनामा आवेदन दिन सकिनुका साथै नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीहरुको कारोबारको विवरण तथा विभिन्न परिसुचकको अवस्थाको जानकारी लिन सकिने छ ।

ओम्निच्यानल प्रविधि प्रयोग गरेर बनाइएको एपबाट ग्राहकले प्रभु क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता खोल्नुका साथै आफूलाई पायक पर्ने समयमा भिडियो केवाईसीका लागि समय लिई सो समयमा भिडियो केवाईसी सम्पन्न गर्नसक्ने बताइएकाे छ ।

साथै आफ्नो डिम्याट खातालाई लिंक गरेर डिम्याट खाता तथा मेरो शेयर सम्बन्धी सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने कम्पनीले जनाएकाे छ ।

एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ डाउनलोड गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३