close

जीमेलमा एकैपटक कसरी पठाउने धेरै ईमेल ?

टेकपाना टेकपाना

असार २६, २०७९ १९:२९

जीमेलमा एकैपटक कसरी पठाउने धेरै ईमेल ?

काठमाडौं । जीमेलको बिल्ट-ईन फर्वाडिङ अप्सनका माध्यमबाट मल्टिपल अर्थात् धेरै ईमेल पठाउन सकिन्छ । आज हामी जीमेलमा मल्टिपल ईमेल पठाउने तरिकाबारे जानकारी दिँदैछाैं ।

यो फिचर मोबाइलमा सपोर्ट नगर्ने भएकाले वेबबाट मात्र प्रयोग गर्न सकिन्छ । यदि तपाईं धेरै ईमेल एउटा नयाँ मेल एड्रेसमा फर्वाड गर्न चाहनुहुन्छ भने फर्वाडलाई अट्याचमेन्ट अप्सनका रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

यो अप्सनले तपाईंले फर्वाड गर्न चाहेको ईमेलको ईएमएल (EML) फाइल निर्माण गर्छ, जुन तपाईंले विन्डोज मेल वा आउटलुकबाट खोल्न सक्नुहुन्छ ।

त्यसपछि ती फाइललाई नयाँ ईमेलमा अट्याच गर्छ । त्यसपछि तपाईंले नयाँ ईमेल प्रापक (पाउने) लाई पठाउन सक्नुहुन्छ । उसले ईमेलमार्फत् तपाईंले फर्वाड गरेका ईमेलहरू ईएमएल फाइलका रूपमा पाउँछ ।

ईमेलहरू फर्वाड गर्ने अर्को विकल्प भनेको प्रत्येक ईमेललाई अलग-अलग फर्वाड गर्नु हो । यस विधिमा, तपाईंले फर्वाड गर्न धेरै ईमेलहरू सेलेक्ट गर्नुपर्ने हुन्छ ।

त्यसपछि जीमेलले सलेक्ट गरिएका प्रत्येक ईमेलका लागि नयाँ ईमेल क्रियट गर्दछ । त्यसपछि तपाईंले सेलेक्ट गरेका ईमेलहरू पठाउन यी नयाँ ईमेल तयार हुन्छ । त्यसपछि तपाईंले पठाउन चाहेको एड्रेस टाइप गरी पठाउन सकिन्छ ।

यसरी धेरै ईमेललाई छुट्टै ईमेलका रूपमा यसरी फर्वाड गर्नुहोस्

  • सबैभन्दा पहिले ब्राउजरमा जीमेल खोल्नुहोस् ।
  • त्यसपछि फर्वाड गर्न चाहेका ईमेलहरू सेलेक्ट गर्नुहोस् ।
  • त्यसपछि राइट क्लिक गर्नुहोस् । राइट क्लिक गरिसकेपछि त्यहाँ भएको फर्वाड अप्सनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि गुगलले सबै ईमेलको एउटै ईमेल बनाइ दिएको देखिन्छ । माथि रहेको टु (To) ईमेल फर्वाड गर्न चाहेको एड्रेस टाइप गर्नुहोस् ।
  • त्यसपछि सेन्डमा क्लिक गर्नुभयो भने तपाईंले फर्वाड गर्न चाहेको ईमेल सो मेल एड्रेशमा जान्छ ।

धेरै ईमेललाई एउटै ईमेलमा यसरी पठाउनुहोस्

 धेरै ईमेललाई एउटा सिङ्गो ईमेलका रूपमा फर्वाड गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले जीमेलमा जानुहोस् ।
  • जीमेलमा गएर आफूले फर्वाड गर्न चाहेको ईमेल छान्नुहोस् ।
  • त्यसपछि राइट क्लिक गरेर ‘फर्वाड एज अट्याच्मेन्ट’ मा क्लिक गर्नुहोस् ।
  • त्यसपछि टु (To) को सेक्सनमा आफूले पठाउन चाहेको एड्रेस टाइप गर्नुहोस् ।
  • त्यसपछि तपाईंले पठाउन चाहेको व्यक्तिले धेरै ईमेल एउटै ईमेलका रूपमा पाउनसक्छ । उसले प्राप्त गरेको ईएमएल फाइल विन्डोज मेल, आउटलुक वा त्यस्तै किसिमका ईमेल क्लाइन्टबाट एक्सेस गर्नसक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३