close

अब अन्तर्राष्ट्रिय शैक्षिक संस्थाको भुक्तानी अनलाइनबाटै गर्न सकिने

टेकपाना टेकपाना

असार २७, २०७९ १७:३८

अब अन्तर्राष्ट्रिय शैक्षिक संस्थाको भुक्तानी अनलाइनबाटै गर्न सकिने

काठमाडौं । एनएमबि बैंकले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको भुक्तानीलाई लक्षित गर्दै फ्लाईवायर कर्पोरेसनसँग सम्झौता गरेको छ । यो सँगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्व भरका १७ सय भन्दा बढी शैक्षिक संस्थाहरूमा भुक्तानीको लागी नेपालको एकमात्र बैंक भएको छ ।

यो सम्झौतासँगै अमेरिका, क्यानडा र अष्ट्रेलियाका शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीले नेपालका कुनैपनि बैंकबाटै सहजै भुक्तानी गर्न सक्ने जनाइएको छ । यसअघिसम्म अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपालीका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र जोखिमयुक्त थियो ।

त्यसै गरी रकम प्राप्त हुने संस्थामा पनि ट्युसन शुल्क सजिलै ट्रयाक गर्न र बिभिन्न मुद्रामा भएको भुक्तानी स्वीकार गर्न गाह्रो हुने अवस्था थियो । धेरै कागजी प्रक्रियाहरू पुरा गर्नुपर्ने बाध्यता पुरानो प्रक्रियामा थियो । यस्तोमा एनएमबि बैंक र फ्लाईवायरबिच भएको सम्झौताले अन्तर्राष्ट्रिय शैक्षिक खर्चको भुक्तानीका लागि डिजिटल प्रविधियुक्त सेवा प्रदान गर्नेछ ।

‘फ्लाईवायरसँगको सहकार्य ग्राहकलाई सहज भुक्तानी प्रदान गर्ने योजना हो,’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, ‘यसले ग्राहकको अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानीलाई एकद्वार समाधान प्रदान गर्नेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३