close

ब्रह्माण्डको पहिलो रङ्गिन तस्बिर सार्वजनिक

टेकपाना टेकपाना

असार २८, २०७९ ११:५

ब्रह्माण्डको पहिलो रङ्गिन तस्बिर सार्वजनिक

काठमाडौं । पहिलोपटक ब्रह्माण्डको रङ्गिन तस्बिर सार्वजनिक भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ह्वाइटहाउसमा गरिएको ब्रिफ्रिङको क्रममा यो तस्बिर सार्वजनिक गरिएको हो ।

यो जेम्स वेब स्पेस टेलिस्कोपबाट लिइएको पहिलो पूर्ण–रङ तस्बिर हो । यसलाई ब्रह्माण्डको अहिलेसम्मकै सबैभन्दा गहिरो र क्लियर तस्बिर भएको दावी गरिएको छ ।

यसका लागि अमेरिकी अनुसन्धान संस्था नासाले युरोपियन स्पेस एजेन्सी र क्यानडियन स्पेस एजेन्सीसँग सहकार्य गरेको थियो । यस टेलिस्कोपबाट लिइएको थप तस्बिरहरू नासाले आज सार्वजनिक गर्ने जनाइएको छ ।

जेम्स वेब स्पेस टेलिस्कोप एक अन्तरिक्ष टेलिस्कोप हो । यसलाई अन्तरिक्षमा प्रक्षेपण गरिएको सबैभन्दा शक्तिशाली टेलिस्कोपको रूपमा हेरिएको छ । इन्फ्रारेड खगोल विज्ञान सञ्चालन गर्न डिजाइन गरिएको यो टेलिस्कोपमा नयाँ प्रविधि युक्त इन्फ्रारेड रिजोलुसन रहेको छ । जसको मद्दतले धेरै पुरानो, टाढा वा धमिलो वस्तुहरू हेर्न सकिने जनाइएको छ ।

Credits: NASA, ESA, CSA, and STScI


 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३