close

सामाजिक सञ्जालमा ४ जना नाबालिकाको फेक अकाउन्ट बनाउने एक जना पक्राउ

टेकपाना टेकपाना

असार २८, २०७९ १९:६

सामाजिक सञ्जालमा ४ जना नाबालिकाको फेक अकाउन्ट बनाउने एक जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा चार जना नाबालिकाहरूको तस्वीर प्रयोग गरी नक्कली अकाउन्ट बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुली घर भई हाल काठमाडौं कीर्तिपुर बस्दै आएका ३१ वर्षीय विकास भनिने राजेश बिकलाई जिल्ला अदालत काठमाडौंको अनुमतिमा नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

बिकले विभिन्न चार बालिकाको फोटो प्रयोग गरी नक्कली अकाउन्ट बनाई उनीहरूका आफन्तलाई अश्लील सन्देश पठाएर चरित्र हत्या गरेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ । बिकलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । उनीमाथि थप आवश्यक अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३