close

पहिलो भर्चुअल कन्सर्ट गर्दै पब्जी मोबाइल, ब्ल्याकपिङ्कको प्रस्तुति हेर्न कहाँ लिने टिकेट ?

टेकपाना टेकपाना

असार २८, २०७९ २२:३०

पहिलो भर्चुअल कन्सर्ट गर्दै पब्जी मोबाइल, ब्ल्याकपिङ्कको प्रस्तुति हेर्न कहाँ लिने टिकेट ?

काठमाडौं । मोबाइलमा आधारित रोयल शुटर पब्जी मोबाइलले यसै जुलाई महिनाको अन्त्यतिर आफ्नो पहिलो भर्चुअल कन्सर्ट आयोजना गर्ने भएको हो । जसमा के-पप महिलाको ग्रुप ब्ल्याकपङ्कको प्रस्तुति रहनेछ ।

भिडिओ गेम भर्चुअल इभेन्टमा विस्तार भइरहेको यो पछिल्लो उदाहरण हो । जुन भविष्यको मेटाभर्सको अङ्ग हुनसक्ने ठानिएको छ ।

प्रतिस्पर्धी गेम फोर्ट नाइटले टाभिस स्कट र आरियाना ग्रान्डीको भर्चुअल कन्सर्ट आयोजना गरिसकेको छ । तर पब्जी भने यस किसिमका गतिविधिहरूका लागि परिचित छैन ।

यद्यपि गेम पब्लिसर कम्पनी टेन्सेन्ट गेम्सका कार्यकारीले प्रेस विज्ञप्तिमार्फत पब्जी मोबाइलले आफ्नो ‘उदाउँदो विश्व’ विस्तार गरिरहेको बताएका छन् । जुलाई २३ र २४ मा विभिन्न कन्सर्ट आयोजना हुनेछन् ।

त्यसपछि जुलाई ३० र २१ मा समेत कन्सर्ट हुने बताइएको छ । जुलाई १५ देखि प्लेयरहरूले निःशुल्क टिकेट प्राप्त गर्न सक्ने र कन्सर्ट हेर्नका लागि अग्रिम रूपमा ‘स्पेसल एसेट्स प्याक’ समेत डाउनलोड गर्न सक्ने बताइएको छ ।

कन्सर्टको मञ्च ठ्याक्कै कस्तो हुनेछ भन्ने कुरा त अझै प्रष्ट छैन, यद्यपि ब्ल्याकपिङ्कका प्रत्येक सदस्यका लागि विशेष अवतार हुनसक्ने अन्दाज गर्न सकिन्छ ।

टेन्सेन्ट गेम्सले भनेको छ कि ब्यान्डका ‘आँखा लोभ्याउने आउटफिट’ २३ जुलाई पछि पब्जी मोबाइल प्लेयरहरूले प्राप्त गर्नसक्ने र जसलाई ३१ अगस्टसम्म ‘अन द ब्याटलफिल्ड’मा लगाउन सक्ने बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३