काठमाडौं । अब १८ वर्ष मुनिका टिकटक प्रयोगकर्ताको अकाउन्टमा सबै प्रकारका भिडिओहरू नआउने भएको छ । कम्पनीले उमेरको आधारमा किशोरकिशोरीको टिकटक अकाउन्टमा देखिने भिडिओहरू छुट्याउने भएको हो ।
गत फेब्रुअरीमा कम्पनीले १८ वर्ष मुनिका किशोरकिशोरीको सुरक्षाका लागि ‘एज रेस्ट्रिक्ट’ फिचर ल्याउने बताएको थियो । त्यसै अन्तर्गत रहेर कम्पनीले अबको केही हप्ता भित्रै ‘कन्टेन्ट लेभल्स’ उपलब्ध गराउने भएको हो ।
यो सँगै टिकटकका भिडिओमा समेत अन्य चलचित्र अथवा भिडिओहरूमा हुने उमेर हदबन्दी रेटिङ लागू हुनेछ । त्यो हुँदा टिकटकमा १८ वर्ष भन्दा मुनिका प्रयोगकर्ताको ‘फर यु पेज’ बाट एडल्ट भिडिओहरू उपलब्ध हुनेछैन ।
यो रेस्ट्रिक्सन १३ वर्ष देखि १७ वर्ष सम्मका प्रयोगकर्तामा मात्रै लागू हुने जनाएको छ । यसका साथै कम्पनीले प्रयोगकर्तालाई आफूले नचाहेका विषयसम्बन्धी भिडिओलाई समेत प्रतिबन्ध गर्न सक्ने फिचर उपलब्ध गराउने भएको छ ।