close

लाइसेन्सका लागि महिनौँ प्रतीक्षा गर्नुपर्ने अवस्था अन्त्य गर्न सरकारलाई महालेखाको सुझाव

टेकपाना टेकपाना

असार ३०, २०७९ ९:४५

लाइसेन्सका लागि महिनौँ प्रतीक्षा गर्नुपर्ने अवस्था अन्त्य गर्न सरकारलाई महालेखाको सुझाव

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले ट्रायल परीक्षा उत्तीर्ण भएपश्चात् स्मार्ट लाइसेन्स प्राप्त गर्न महिनौँसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको प्रति सरोकार व्यक्त गरेको छ ।  आवश्यक स्रोत साधनको व्यवस्था गरी समयमै सेवा प्रवाह गर्न बुधबार महालेखा परीक्षकको ५९ औँ प्रतिवेदन सार्वजनिक गर्दै महालेखा परीक्षकको कार्यालयले यातायात व्यवस्था विभागलाई सुझाव दिएको हो ।

विभागले सवारी चालक अनुमतिपत्रको रूपमा स्मार्ट कार्ड छपाई गरी वितरण गर्दै आएको छ । विभागले २०७१ र २०७४ सालमा खरिद गरेका पाँच थान स्मार्ट कार्ड प्रिन्टर र २०७६ मा खरिद गरेको मास प्रिन्टर मसिनबाट यो वर्षसम्म २५ लाख ४१ हजार स्मार्ट कार्ड छपाई गरी वितरण गरेको छ ।

तर १ लाख ५० हजार कार्ड छपाई गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । मास प्रिन्टरले प्रति घण्टा ४५० थानका दरले प्रति दिन औसत नौ हजार थान मात्र कार्ड छपाई गर्ने अवस्था छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३