काठमाडौं । चिनियाँ मोबाइल कम्पनी भिभोले आफ्नो ‘वाई’ सिरिज अन्तर्गतको ‘भिभो वाई२०’ को मूल्य घटाएको छ ।
कम्पनीले नेपाली बजारमा याे फाेनकाे मूल्य १८ सय रुपैयाँले घटाएकाे हाे । अब ग्राहकले २० हजार ९९९ रुपैयाँमा भिभो वाई२० किन्न सक्नेछन् ।
यो फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरासहित २ मेगापिक्सेलको बुके क्यामेरा र २ मेगापिक्सेलकै म्याक्रो क्यामेरा छ ।
५००० एमएएच ब्याट्री रहेको फोनमा पावर सेभिङ टेक्नोलोजी प्रयोग गरिएको छ, जसले गर्दा एक पटकको फुल चार्जमा प्रयोगकर्ताले लामो समयसम्म निरन्तर रुपमा मोबाइल प्रयोग गर्न पाउने कम्पनीको भनाइ छ ।
४ जीबी र्याम तथा ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध फोनमा माइक्रोएसडी कार्डको मद्दतले २५६ जीबीसम्म स्टाेरेज क्षमता विस्तार गर्न सकिन्छ ।