काठमाडौं । तपाईंले आफूलाई मन परेको वा रूचि भएको म्युजिक, अडियोबुक, पोडकास्ट, मुभी र टिभी कार्यक्रमहरू क्लाउड वा भनौँ अनलाइन रूपमा कतै भण्डारण गर्ने गर्नुभएको छ भने त्यो उचित तरिका हो, जसले गर्दा डिभाइसमा स्टोरेज फ्रि गर्नुपर्ने झन्झट केही आउँदैन ।
तर, कतिपय अवस्थामा तपाईंको डिभाइसमा इन्टनेट चलेन, इन्टरनेट स्लो छ वा कतै यात्रा गरिरहनु भएको छ भने क्लाउड वा भनौं यस्ता स्टाेरेज प्रदायक प्लेटफर्ममा एक्सेस (पहुँच) पाउन सक्नुहुन्न । त्यसका लागि डाउनलोड वा अफलाइन सेभ गर्ने फिचर भएका एप प्रयोग गर्नुपर्ने हुन्छ ।
विभिन्न स्ट्रिमिङ एपहरूमा नेट नभएको बेला प्रयोग गर्नका लागि अफलाइन मोडमा कुनै पनि भिडिओ वा अडियोमा सेभ गर्न सकिन्छ, जसले अस्थायी रूपमा फोनको स्टाेरेज ओगटेको हुन्छ । तर, तपाईंलाई यस्ता स्ट्रिमिङ एपले स्वतः भिडिओ सेभ गर्ने फिचरबारे जानकारी नहुन सक्छ ।
यसका माध्यमबाट कुनै पनि मुभी अथवा प्ले लिस्ट तपाईं आफैँले सेभ गर्नुपर्दैन । अटोमेटिक अफलाइन फिचर अन गर्दा तपाईं अनलाइनमा भएको बेला सुझाव (रेकमेन्डेसन) मा आएका भिडिओ वा अडियो सेभ हुन्छन्, जसले गर्दा तपाईंले यात्रा गरिरहेको बेला वा भनौँ अफलाइन भएको अवस्थामा हेर्न सक्नुहुन्छ ।
आज हामी स्वतः भिडिओ सेभ हुने फिचर कसरी सेटअप गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन्छौं । यसमा हामीले युट्युब र नेटफ्लिक्समा भएको स्मार्ट डाउनलोड फिचरका बारेमा चर्चा गरेका छौं ।
स्मार्ट डाउनलोड स्पोटिफाई, एप्पल म्यूजिक, अमेजन प्राइम भिडिओ र डिज्नीजस्ता प्लेटफर्ममा आउन बाँकी नै छ । हालसम्म यी एपमा म्यानुअल्ली आवश्यक परेका भिडिओ डाउनलोड गर्ने अप्सन रहेको छ ।
नेटफ्लिक्समा स्मार्ट डाउनलोड इनेबल गर्ने तरिका
नेटफ्लिक्समा म्यानुअल्ली भिडिओ डाउनलोड गर्ने फिचर हुनुका साथसाथै स्मार्ट डाउनलोडको फिचर पनि छ, जसका माध्यमबाट फिल्म अथवा टिभी सिरिजहरू ब्याकग्राउन्ड सेभ गर्न सकिन्छ ।
नेटफ्लिक्समा स्मार्ट डाउनलोड अप्सन यसरी इनेबल गर्नुहोस् ।
सबैभन्दा पहिले नेटफ्लिक्स खोल्नुहोस् ।
त्यसपछि तलपट्टि रहेको डाउनलोड अप्सनमा ट्याप गर्नुहोस् ।
त्यसपछि माथि बायाँपट्टि रहेको स्मार्ट डाउनलोडको अप्सन छान्नुहोस ।
यदि तपाईंले त्यहाँ डाउनलोड नेक्स्ट एपिसोडको अप्सनमा ट्याप गर्नुभयो भने तपाईंले हेरिरहेको कुनै पनि सिरिजको अर्को एपिसोड स्वतः डाउनलोड हुन्छ ।
त्यस्तै तपाईंले ‘डाउनलोड फर यू’ अप्सन इनेबल गर्नुभयो भने सुझावमा आएका भिडिओ डाउनलोड हुने गर्छन् । नेटफ्लिक्सको रिकमेन्डेसन एल्गोरिदमले प्रयोगकर्ताको रूचि अनुसारको भिडिओ अफलाइन सेभ गर्ने गर्छ ।
युट्युबमा कसरी डाउनलाेड गर्ने ?
युट्युब भिडिओहरू फोनको एसडीकार्डमा डाउनलोड गर्नका लागि प्रयोगकर्ता युट्युब प्रिमियम क्लबको सदस्य हुनपर्ने हुन्छ । यदि तपाईंले वार्षिक १२ डलर तिर्नुभयो भने तपाईंले कुनै पनि भिडिओको छेउमा डाउनलोडको आइकन देख्न सक्नुहुन्छ ।
त्यस्तै स्वतः (स्मार्ट डाउनलोड) सुझाव दिएका (रेकमेन्डेड) भिडिओ डाउनलोड गर्न पनि तपाईं युट्युबको प्रिमियम सब्स्क्राइबर हुनुपर्ने हुन्छ ।
यदि तपाईंलाई आफ्नो रुचि अनुसारको भिडिओ एउटा एउटा गरी डाउनलोड झन्झट लागेको छ भने युट्युबमा स्मार्ट डाउनलोड अप्सन इनेबल गर्न सक्नुहुन्छ । युट्युबमा स्मार्ट डाउनलोड अप्सन इनेबल गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।
सबैभन्दा पहिले युट्युब खोल्नुहोस् ।
त्यसपछि माथि दायाँपट्टि रहेको तपाईंको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।
त्यसपछि सेटिङमा जानुहोस् ।
त्यहाँ ब्याकग्राउन्ड एण्ड डाउनलोडको अप्सन देख्न सक्नुहुन्छ । त्यसमा ट्याप गर्नुहोस् ।
त्यसपछि स्मार्ट डाउनलोडको अप्सन इनेबल गर्नुहोस् । तपाईंले त्यहाँ भिडिओ कुन क्वालिटीमा डाउनलोड गर्ने भन्ने पनि छान्न सक्नुहुन्छ ।
यो अप्सन अन गरिसकेपछि युट्युबले सुझावका रूपमा रहेका भिडिओ डाउनलोड गर्ने गर्छ ।
स्मार्ट डाउनलोडमार्फत डाउनलोड भएका भिडिओ हरेक हप्ता रिफ्रेश हुने गर्छन् । स्मार्ट डाउनलोडमार्फत डाउनलोड भएका भिडिओ युट्युबभित्र लाइब्रेरीको अप्सनमा गएर डाउनलोड अप्सनमा हेर्न सकिन्छ ।