close

विद्युतीय सवारीको ब्याट्री रिसाइकल गर्ने तयारी

टेकपाना टेकपाना

साउन १, २०७९ १३:५०

विद्युतीय सवारीको ब्याट्री रिसाइकल गर्ने तयारी

काठमाडौं । विद्युतीय सवारीको ब्याट्री रिसाइकल गरेर प्रयोगमा ल्याउने योजनाअनुरुप फक्सवागन र अमेरिकी स्टार्टअप रेडउडबीच सहकार्य भएको छ ।

फक्सवागन ग्रुपले रेडउडसँग सहकार्य गरेर अडी र फक्सवागनका ब्याट्री रिसाइकल कार्य सुरु गर्न लागेको हो । यसअघि रेडउटले टोयोटा मोटर, फोर्ड मोटर र गिली अटोमोबाइल्ससँग पनि सहकार्य गरिसकको छ ।

फक्सवागनका कार्यकारी अधिकृत स्कट केओगले रेडउडसँगको यो साझेदारीले अमेरिकामा विद्युतीय सवारी प्रवर्द्धन गर्न सहयोग पुग्ने बताएका छन् ।

फक्सवागनले सन् २०३० सम्ममा अमेरिकामा बिक्री हुने ५५ प्रतिशत सवारीलाई इलेक्ट्रिक बनाइसक्ने लक्ष्य राखेको छ ।रेडउडले ब्याट्री रिसाइक्लिङका लागि ब्याट्री निर्माता पानासोनिक कर्पोरेसन, इनभिजन र अमेजनसँग सम्झौता गरिसकेको छ ।

टेस्लाका सह-संस्थापक जेबी स्ट्राबलले सुरुवात गरेको रेडउडले स्थानीय रूपमा क्लोज्ड लुप ब्याट्री आपूर्ति चेन सिर्जना गर्ने योजना बनाएको छ, जसले ब्याट्री निर्माणका लागि कच्चा सामग्री तयार पार्ने काम गर्छ ।

रेडउडले अमेरिकामा एक हजारभन्दा बढी फक्सवागन र अडी डिलरसँग काम गर्ने बताएको छ, जसले कोबाल्ट, निकेल, लिथियम र तामाजस्ता सामग्रीबाट ब्याट्रीको इलेक्ट्रोड कम्पोनेन्टहरू पुनः निर्माण गरेर ब्याट्री रिकभर र रिसाइकल गर्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३