close

राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रदिप शर्मा पौडेल नियुक्त

टेकपाना टेकपाना

साउन १, २०७९ १४:५१

राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रदिप शर्मा पौडेल नियुक्त

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) को कार्यकारी निर्देशकमा प्रदिप शर्मा पौडेल नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पर्वतका पौडेललाई एनआईटीसीको कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि गएको जेठ १३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै रिक्त रहेको पदमा दरखास्त माग गरेको थियो ।

तत्कालीन एनआईटीसीका कार्यकारी निर्देशकमा हाल नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) का प्रबन्ध निर्देशक सुनिल पौडेल कार्यरत थिए । पौडेललाई गएको चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।

पौडेल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएसँगै रिक्त रहेको एनआईटीसीकाे कार्यकारी निर्देशकका लागि सरकारले मागेको आवेदनमा १३ जनाले निवेदन दिएका थिए ।

आवेदन आएका मध्येबाट मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको छनोट कमिटीले उत्कृष्ठ तीन जनाको नाम छनोट गरी मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । त्यसमध्येबाट सरकारले पौडेललाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३