close

एन्ड्रोइडमा यसरी बन्द गर्नुहोस् स्वतः एप अपडेट हुने फिचर

टेकपाना टेकपाना

साउन ४, २०७९ १३:३५

एन्ड्रोइडमा यसरी बन्द गर्नुहोस् स्वतः एप अपडेट हुने फिचर

काठमाडौं । गुगल प्ले स्टोरको महत्त्वपूर्ण फिचरमध्ये स्वतः एप अपडेट हुने फिचर पनि एक हो । याे फिचरले डिभाइसमा रहेको एपलाई सही तरिकाले काम गर्न, सुरक्षित रहन र नयाँ भर्सनमा अपडेट हुन सहयोग गरेको हुन्छ ।

तर, सबै अवस्थामा यो उपयुक्त हुँदैन । किनभने हामी सधैँ वाई-फाई प्रयोग गरिहेका हुँदैनौं । कतिपय अवस्थामा इन्टरनेट डेटा प्रयोग गरेर समेत प्रयोग गर्नुपर्ने हुन्छ ।

त्यस्तो अवस्थामा हाम्रो फोनले बढी डेटा खपत गरेको हुन्छ । त्यस्तै कतिपय अवस्थामा एप अपडेट हुनुअघि नै एपमा केही काम गर्नुपर्ने हुनसक्छ ।

त्यसैले पनि स्वतः एप अपडेट हुने फिचर हाम्रा लागि उपयोगी नहुन सक्छ । यसका लागि तपाईंले गुगल प्ले स्टोरमा अटोम्याटिक एप अपडेट फिचर अफ गर्नुपर्ने हुन्छ ।

यसरी अटोम्याटिक अपडेट अफ गर्नुहोस्

गुगल प्ले स्टोरबाट तल उल्लेखित प्रक्रिया अपनाएर स्वतः एप अपडेट फिचर बन्द गर्न सक्नुहुन्छ, जसले गर्दा तपाईंले आफ्नो डेटा बचाउन सक्नुहुन्छ ।

  • सबैभन्दा पहिले गुगल प्ले स्टोर खोल्नुहोस् ।
  • त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि सेटिङमा जानुहोस् ।
  • त्यसपछि नेटवर्क प्रिफेरेन्समा ट्याप गर्नुहोस् ।
  • त्यसपछि अटो अपडेट एप (auto-update app) अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि डन्ट अटो अपडेट एप (Don’t auto-update app) मा ट्याप गरेर सबै एप स्वतः अपडेट हुनबाट रोक्न सक्नुहुन्छ ।

यदि तपाईंलाई निश्चित एप अटो अपडेट हुनबाट रोक्न चाहनुहुन्छ भने तलको प्रक्रिया अपनाउनुहोस् ।

  • पहिले जस्तै पुनः प्ले स्टोर खोलेर माथि दायाँपट्टि रहेको प्रोफाइलमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि मेनेज एप्स एण्ड डिभाइसमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि मेनेजमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि तपाईंले स्वतः अपडेट गर्न नचाहेको एप छान्नुहोस् ।
  • त्यसपछि माथि दायाँपट्टि रहेको तीनवटा डटमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि इनेबल अटो अपडेटमा रहेको टिक हटाउनुहोस् ।
  • त्यसो गरेको खण्डमा सो एप स्वतः अपडेट हुँदैन ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३