टेकपाना
साउन ४, २०७९ १४:४२
काठमाडाैं । गुगल डक्समा नयाँ मल्टिपल टेक्स्ट फर्म्याट फिचर आएको छ । कम्पनीले सबै गुगल अकाउन्ट प्रयोगकर्तालाई यो नयाँ फिचर उपलब्ध गराएकाे छ ।
नयाँ इडिटिङ टुलले गुगल डक्स प्रयोगकर्तालाई डकुमेन्टमा साइज, बोल्ड, कलर, डिलिट, कपि, पेस्टजस्ता फर्म्याटिङ फिचर, सेलेक्टेड टेक्स्ट ब्लकमा एकै पटक इम्प्लिमेन्ट गर्न सघाउँछ ।
जस्तो तपाईंसँग धेरै सब-हेडलाइन भएको डकुमेन्ट छ भने तपाईंले सबै सब-हेडलाइनलाई एकैपटक सेलेक्ट गरेर एउटै फर्म्याटिङ इम्प्लिमेन्ट गर्न सक्नुहुन्छ ।
यो नयाँ फिचरले तपाईंको डक्सलाई व्यवस्थित र प्रस्तुतियोग्य बनाउने मात्र नभई समय र मेहनतको बचत र उत्पादकत्व बढाउने गुगलकाे भनाइ छ ।
Ctrl सँग टेक्स्टमा राइट क्लिक गरी हाइलाइट गर्न सकिन्छ । यसरी मल्टिपल टेक्स्ट सेलेक्ट गरेर सबैलाई एकैपटक आवश्यकता अनुसार फर्म्याटिङ गर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३