काठमाडौं । गुगलले क्रोम र एन्ड्रोइडमा स्वतः लगइन विवरण सेभ हुने र सोही गुगल अकाउन्टबाट लगइन भएका सबै डिभाइसको विवरण सिङ्क हुने फिचर उपलब्ध गराउँदै आएको छ, जसले गर्दा तपाईंले एउटा डिभाइसबाट वेबसाइट वा एपमा प्रयोग भएका लगइन विवरण अर्को डिभाइस हेर्न सक्नुहुन्छ ।
पासवर्ड सेभ गर्न थर्ड-पार्टी एप प्रयोग गर्नुपर्ने झन्झटबाट गुगलको यो फिचरले मुक्ति दिलाएको छ । क्रोममा सेभ भएका पासवर्ड एन्ड्रोइडको माध्यमबाट हेर्नका लागि निम्न प्रक्रिया अपनाउन सक्नुहुन्छ ।
गुगल प्ले सिस्टमको पछिल्लो अपडेट मार्फत तपाईँले सहजै पासवर्ड मेनेजरलाई एन्ड्रोइड फोनको होम स्क्रिनमा पाउन सक्नु हुनेछ ।
पासवर्ड मेनेजरमा कसरी बनाउने एक्सेस ?
सबैभन्दा पहिले आफ्नो एन्ड्रोइड स्मार्टफोनको सेटिङमा जानुहोस् ।
त्यसपछि स्क्रोल गर्दै तल जानुहोस् र प्राइभेसी विकल्पलाई छान्नुहोस् ।
त्यसपछि ‘अटो फिल सर्भिस फ्रम गुगल’ (Auto-Fill service from Google) अप्सन छान्नुहोस् ।
अब ‘अटो फिल विथ गुगल’को पेज खुल्छ । त्यसको तल रहेको पासवर्डमा ट्याप गर्नुहोस् ।
यति गरिसकेपछि त्यहाँ तपाईंको अकाउन्टबाट सेभ भएका विभिन्न वेबसाइटका युजरनेम र पासवर्ड देख्न सकिन्छ । अब त्यसको माथि दायाँपट्टि सेटिङको आइकनमा ट्याप गर्नुहोस् ।
त्यसपछि त्यहाँ ‘एड शर्टकट टु योर होम स्क्रिन’ (Add shortcut to your home screen) भन्ने अप्सन देखिन्छ; त्यसमा ट्याप गर्नुहोस् ।
यति गरिसकेपछि तपाईंको मोबाइलको होम स्क्रिनमा पासवर्ड मेनेजरको आइकन देखिन्छ । त्यसमा गएर तपाईँले कुन विभिन्न अकाउन्टमा सेभ भएका पासवर्ड हेर्न सक्नुहुन्छ । साथै यसबाट पासवर्ड हेर्न, एडिट गर्न वा डिलिट गर्न सकिन्छ ।
यसरी होम स्क्रिनमा पासवर्ड मेनेजर देखिँदा जोकोहीले पनि पासवर्ड हेर्न सक्छन् भन्ने तपाईँलाई लागेको हुनसक्छ । तर चिन्ता नलिनुहोस् ।
गुगलले यसरी सेभ भएका पासवर्ड हेर्न बायोमेट्रिक र पिनको अप्सन राखेको छ । तपाईंले यसको अर्थ तपाईँको फिङ्गरप्रिन्ट भेरिफाइ वा पिन प्रयोग नगरीकन त्यहाँ सेभ भएका पासवर्ड हेर्न मिल्दैन ।