काठमाडौं । ह्वावेले आउँदो साता हार्मनी ओएस थ्री सार्वजनिक गर्दैछ । जुलाइ २७ अर्थात् साउन ११ गते चीनमा एक कार्यक्रम गर्दै कम्पनीले हार्माेनी ओएसको नयाँ संस्करण सार्वजनिक गर्ने तयारी गरेकाे हाे ।
साे अवसरमा कम्पनीले कम्पनीले ११ इन्चको मेटप्याड प्रो ट्याब्लेट समेत सार्वजनिक गर्ने भएको छ । याे ट्याब्लेटमा मेट ४० सिरिजको जस्तो पछाडि गोलो क्यामेरा समावेश हुनेछ ।
ह्वावेले सार्वजनिक गरेको तस्वीरमा ट्याब्लेटकाे कुना घुमेको देख्न सकिन्छ । त्यस्तै माथिल्लो र तल्लो भागमा स्पिकरको जाली देख्न सकिन्छ । त्यसबाहेक ह्वावेले ट्याब्लेटका अन्य कुनै फिचर सार्वजनिक गरेको छैन ।
यसबारे विस्तृत जानकारी ट्याब्लेट सार्वजनिक भएपछि नै थाहा हाेला ।